Nepal Life

सिटिजन लाइफको मुनाफा ६५ प्रतिशतले बढ्यो, जीवन बीमा कोष साढे ९ अर्ब नजिक

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 05:19
सिटिजन लाइफको मुनाफा ६५ प्रतिशतले बढ्यो, जीवन बीमा कोष साढे ९ अर्ब नजिक
Sanima Reliance

काठमाडौं । सिटिज लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा उल्लेख्य सुधार गर्न सफल देखिएको छ । कम्पनीको मुनाफा ६५ प्रतिशतले बढेर २० करोड ११ लाख पुगेको छ । यो मुनाफा एक्चुरियल मूल्याङ्कन अगाडीको भएको हुँदा एक्चुरियल मूल्याङ्कन पछि मुनाफामा उल्लेख्य सुधार देखिनेछ ।

चुक्ता पूँजी ५० प्रतिशतले बढेर २ अर्ब ६२ करोड पुगेको छ । प्रथमिक शेयर निष्काशन पछि तीन अर्ब भन्दा माथि हुनेछ । कम्पनीको जगेडा कोष २५ प्रतिशतले बढेर एक अर्ब ९६ करोड पुगेको छ । जीवन बीमा कोष ५६ प्रतिशतले बढेर ९ अर्ब ४१ करोड पुगेको छ । बीमालेख धितोकर्जा ७६ प्रतिशतले बढेर ५३६ करोड ८१ लाख रुपैयाँ प्रवाह भएको छ ।

खुद दाबी भुक्तानी ३५ प्रतिशतले बढेर एक अर्ब ५७ करोड पुगेको छ । गत वर्ष पनि एक अर्ब १६ करोड रुपैयाँको दाबी भुक्तानी गरेको थियो । अभिकर्ता कमिशन १३ प्रतिशलते घटेर ७१ करोड ८८ लाखमा झरेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन ५ अर्ब ८९ करोड रहेको छ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया