NIMB Header 2
Nepal Life

आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी ठगीमा अध्यक्षसहित नौजनाविरुद्ध मुद्दा दायर

IME LIFE
  • BFIS News
  • 2024 Jul 29 21:35
आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी ठगीमा अध्यक्षसहित नौजनाविरुद्ध मुद्दा दायर
United Ajod

काठमाडौं । राष्ट्रिय सहकारी बैंक अध्यक्षसमेत रहेका आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेतीसहित नौ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरिएको छ।

Nepal Life
NIMB

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरी सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन समेतका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उप्रेतीसहित नौ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेको हो।

सहकारी अध्यक्ष उप्रेती, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका तत्कालीन उपाध्यक्ष शिवप्रसाद कट्टेल, सोही संस्थाका तत्कालीन कोषाध्यक्ष मुकुन्द्रप्रसाद पाण्डे र सदस्य बद्री महत, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी सञ्चालकहरू अरुण भण्डारी र विष्णुबहादुर रिमाल, लेखा समिति संयोजक राजु पौडेल तथा सोही संस्थाका कर्मचारी विश्वम्भर रिमाल, मर्जरपछिको संस्थाका सदस्य प्रकाशमान शाही खड्गीलाई विपक्षी बनाइएको छ।

काठमाडौंमा केन्द्रीय कार्यालय भएर सञ्चालनमा रहेका पाँच सहकारी संस्था मर्जर भई आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो।

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीसहित आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी र घेदुङ बहुउद्देश्यीय सहकारी मर्जर भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी बनेको थियो।

यी पाँच सहकारी ‘मर्ज’ भए पनि एकीकृत कारोबार सुरु नगरी ‘डिमर्ज’ निर्णय गर्दै सहकारी विभागमा निवेदन दिएका थिए । तर, विभागले डिमर्जको स्वीकृति दिएको थिएन। मर्जर अगाडि नै समस्यामा रहेका संस्थामा मर्जरपछि एकीकृत कारोबार सुरु नभए पनि सबै संस्थाले बचत फिर्ता गर्न सकेका छैनन्।

अभियोगपत्रमा १५ करोड ७७ लाख २० हजार ४० रुपैयाँ ठगी भएको दाबी गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया