Nepal Life

सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओली, आइतबार लिएका थिए 'ब्रिफिङ'

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Tue 10:22
सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओली, आइतबार लिएका थिए 'ब्रिफिङ'
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै छन्।

NIMB

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्री, मन्त्रीको पनि उपस्थिति रहनेछ । प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिएका थिए।

सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए।

यसैबीच, सोमबार मात्रै मन्त्रिपरिषद बैठकले २१ सचिवको सरुवा पनि गरेको थियो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार