Nepal Life

मर्जर पछि सानिमा रिलायन्सको अधिकाम्स सूचकमा उल्लेख्य सुधार, बीमा शुल्क ४४ प्रतिशतले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 06:26
मर्जर पछि सानिमा रिलायन्सको अधिकाम्स सूचकमा उल्लेख्य सुधार, बीमा शुल्क ४४ प्रतिशतले बढ्यो
Sanima Reliance

काठमाडौं । साविक सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर पश्चात बनेको सानिमा रिलायन्स लाइफको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा ३७ प्रतिशतले मुनाफा बढाएर २१ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १५ करोड ९१ लाख रुपैयाँ थियो । एक्चुरियल मूल्याङ्कन पछि यो मुनाफामा सुधार हुनेछ । 

कम्पनीले मर्जर पछि व्यवसाय विस्तारलाई तिव्रता दिएको छ । मर्जरका कारण अन्य कम्पनीहरुको व्यवसायमा गिरावट देखिदै गर्दै सानिमा रिलायन्स लाइफको खुद बीमा शुल्क आर्जन ४४ प्रतिशलते बढेर तीन अर्ब ३५ करोड आर्जन गरेको छ । दाबी भुक्तानीमा पनि उल्लेख्य बृद्धि देखिन्छ । कम्पनीले ९० करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब १८ करोड पुगेको छ । जगेडा कोषमा ७४ करोड ८९ लाख रुपैयाँ रहेको छ । केहि हिस्सा बोनस शेयर दिएर केहि प्रतिशत हकप्रद शेयर निष्काशन गर्नु पर्ने देखिन्छ । यदि प्राधिकरणले एक वर्षको अवधि दियो भने कम्पनीले बोनस शेयर दिएरै पूँजी जुटाउनेछ । जीवन बीमा कोषमा ८ अर्ब ६४ करोड रुपैयाँ जम्मा भएको छ । यस वर्ष बीमालेख धितोकर्जा ह्वात्तै बढेकोऊ छ । बीमितहरुले एक अर्ब ४ करोड रुपैयाँ बीमालेख धितोकर्जा लिएका छन् ।   

अभिकर्ता कमिशन पनि बढेको छ । व्यवसाय बृद्धि सँगै अभिकर्ता कमिशन १४ प्रतिशतले बढेर ४३ करोड ५७ लाख रुपैयाँ पुगेको छ । प्रतिशेयर आम्दानी ५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया