Nepal Life

साविकको सानिमा लाइफ इन्स्योरेन्सको लक-इन अवधि साउन २९ गते सकिने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Wed 08:39
साविकको सानिमा लाइफ इन्स्योरेन्सको लक-इन अवधि साउन २९ गते सकिने
Sanima Reliance

काठमाडौं । साविकको सानिमा लाइफ इन्स्योरेन्सको सेयरको लक-इन समयावधि आगामी साउन २९ गते समाप्त हुने भएको छ। मर्जरमा गएको साविकको सानिमा लाइफ इन्स्योरेन्सको १ करोड ४३ लाख कित्ता सेयरको लक-इन अवधि समाप्त हुन लागेको हो।

NIMB

सानिमा रिलायन्स लाइफमा नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ४ करोड १८ लाख ४० हजार कित्ता सेयर रहेको छ। सोमध्ये साबिक सानिमा लाइफका संस्थापक तर्फको १ करोड ४० लाख र कर्मचारीहरूको ३ लाख कित्ता सेयर लक-इन रहेको छ।

साबिक सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्ज भई सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड को नामबाट २०७९ चैत्र ९ गतेदेखि एकीकृत कारोबार सुरू गरेका थिए।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार