NIMB Header 2
Nepal Life

घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छ : अर्थमन्त्री पौडेल

National Life
  • BFIS News
  • 2024 Jul 31 13:11
घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छ : अर्थमन्त्री पौडेल
Sanima Reliance

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले ठुलो सङ्ख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन्।

Shikhar
NIMB

बुधबार नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधि मण्डलसँग अर्थ मन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री पौडेलले घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धनका निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरूमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘घरेलु तथा साना उद्योगको महत्त्व भनेकै देशका सबै जिल्ला, सबै पालिकामा यसको विस्तार हुनु हो। ठुलो सङ्ख्यामा रोजगारीका रूपमा यो क्षेत्रमा आबद्ध रहेको छ। यसलाई अझै विस्तार गर्न सक्ने सम्भावना छ। यो क्षेत्र स्वरोजगारीका लागि पनि महत्त्वपूर्ण माध्यम हो। त्यसैले घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छ। त्यसकारण यो क्षेत्रसँग सम्बन्धित कानुन, नियम, निर्देशिकामा के कस्ता व्यवस्था गर्नुपर्छ त्यसमा सरकारले ध्यान दिन्छ।’

सरकारको ध्यान सबैलाई उत्साहका साथ आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्न सक्ने परिस्थिति निर्माण गर्नमा रहेको भन्दै उनले विश्वासको जरामा पानी हाल्ने काम सरकारको भएको बताए।

अहिलेको मुख्य समस्या नै साना उद्योगीको ऋण भएकाले विगतमा सरकारले साना तथा महिला उद्यमीलाई लक्षित गरी ल्याइएको सहुलियतपूर्ण र पुन:कर्जाको व्यवस्थालाई यथावत कायम राख्न उद्योग महासङ्घका प्रतिनिधिको माग थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया