Nepal Life

युनाइटेड अजोडको नाफा ४४ प्रतिशतले बढ्यो, मर्जर पछि अधिकाम्स सूचकमा उल्लेख्य सुधार

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 07:05
युनाइटेड अजोडको नाफा ४४ प्रतिशतले बढ्यो, मर्जर पछि अधिकाम्स सूचकमा उल्लेख्य सुधार
Sanima Reliance

काठमाडौं ।  मर्जर पछि युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीको मुनाफा गत आर्थिक वर्ष २०७९/८० मा ४४.६९ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षमा कम्पनीले २० करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यस भन्दा अघिल्लो आर्थिक वर्षमा १३ करोड ९६ लाख रुपैयाँ थियो ।

कम्पनीको कुल बीमा शुल्क आर्जन ४.८१ प्रतिशतले बढेर एक अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने खुद बीमा शुल्क आर्जन १७ प्रतिशतले घटेर ६१ करोड ९७ लाख रुपैयाँमा झरेको छ । समिक्षा अवधिमा कम्पनीले ४१ करोड ५१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ९० करोड रुपैयाँ रहेको छ । कम्पनीलाई अझै ६० करोड पूँजी अपुग देखिन्छ । जगेडा कोषमा ६० करोड रुपैयाँ रहेको छ । कोषमा रहेको सबै रकम लाभांश बाढ्न नमिल्ने भएकाले यस वर्ष कम्पनीलाई साढे २ अर्ब पुर्याउन मुस्किल पर्ने देखिन्छ ।

कर्मचारीका लागि बोनस प्रयोजनका लागि ३ करोड ६ लाख रुपैयाँ छुट्याइएको छ । कम्पनीले पुनर्बीमा कमिशन बापत १९ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ । प्रतिशेयर आम्दानी १० रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ छ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया