Nepal Life

आइजिआइ प्रुडेन्सियलको मुनाफा ५२ प्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जन २ अर्ब १९ करोड

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 07:29
आइजिआइ प्रुडेन्सियलको मुनाफा ५२ प्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जन २ अर्ब १९ करोड
Sanima Reliance

काठमाडौं । आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले मर्जर पछि खुद मुनाफामा सुधार गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा ५२.४३ प्रतिशतले मुनाफामा सुधार गर्दै २६ करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

कम्पनीले खुद बीमा शुल्क आर्जन ३२ प्रतिशतले बढाउन सफल भएको छ भने कुल बीमा शुल्क आर्जन २४ प्रतिशतले बढाएको छ । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन ८५ करोड ६७ लाख रुपैयाँ रहेको छ भने कुल बीमा शुल्क आर्जन २ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी सर्वाधिक धेर तीन अर्ब तीन करोड रहेको आइजिआइ प्रुडेन्सियलको जगेडा कोषमा ५६ करोड ८३ लाख रुपैयाँ रहेको छ । बीमा कोषमा एक अर्ब ४० करोड रुपैयाँ रकम जम्मा भएको छ । कर्मचारीका लागि मुनाफाबाट ४ करोड १४ लाख रुपैयाँ बोनस व्यवस्था गरिएको छ ।  

कम्पनीले गएको वर्ष पुनर्बीमा कमिशन बापत २८ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया