Nepal Life

आर्थिक मन्दी र मर्जरको दवावमा पनि शिखरले गर्यो सर्वाधिक प्रगति, मुनाफा ४६ प्रतिशतले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 11:38
आर्थिक मन्दी र मर्जरको दवावमा पनि शिखरले गर्यो सर्वाधिक प्रगति, मुनाफा ४६ प्रतिशतले बढ्यो
Sanima Reliance

काठमाडौं । बीमा क्षेत्रमा आर्थिक मन्त्री र मर्जरको दवावमा पनि शिखर इन्स्योरेन्स कम्पनीले सर्वाधिक व्यवसाय गर्न सफल भएको छ ।  गत आर्थिक वर्षमा बजारमा स्थापित निर्जीवन बीमा कम्पनीहरु पनि मर्जरमा गए । यसरी ठुला ठुला बीमा कम्पनीहरु नै मर्जरमा जादा शिखर पछाडी पर्छ भन्ने प्रारम्भिक आकलन गरिएको थियो । तर शिखरले अरु कम्पनीम मर्जरमा भुलेको समयमा आफ्नो व्यवसायलाई व्यापक बृद्धि गरेको छ ।

शिखरले गत आर्थिक वर्ष २०७९/८० मा ४६ प्रतिशतले मुनाफा बढाउदै ४० करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ । जवकी यस भन्दा अघिल्लो आर्थिक वर्षमा कम्पनीको मुनाफा २७ करोड ५० लाख रुपैयाँ थियो ।

खुद बीमा शुल्क आर्जन २५ प्रतिशतले बढाउन सफल भएको छ भने कुल कुल बीमा शुल्क ९ प्रतिशतले बृद्धि गरेको छ । समिक्षा अवधिमा शिखरले कुल ५ अर्ब ३१ करोड बीमा शुल्क आर्जन गरेको छ भने खुद बीमा शुल्क आर्जन एक अर्ब ५९ करोड रुपैयाँ छ । यस अवधिमा कम्पनीले एक अर्ब ५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

चुक्ता पूँजी २ अर्ब ६५ करोड रहेको शिखरको जगेडा कोषमा ५९ करोड ६९ लाख रुपैयाँ रहेको छ । बीमा कोषमा एक अर्ब ५३ करोड जम्मा भएको छ । गएको वर्ष शिखरले एक अर्ब ५ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । यस वर्ष पुनर्बीमा कमिशनमा भने धेरै नै गिरावट आएको छ । कम्पनीले ५९ करोड ६० लाख रुपैयाँ कमिशन प्राप्त गरेको छ ।

कर्मचारीका लागि गत वर्षको मुनाफाबाट ६ करोड २५ हजार रुपैयाँ व्यवस्था गरिएको छ । प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया