Nepal Life

बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्वारा सर्लाहीको पर्सा गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 12:29
बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्वारा सर्लाहीको पर्सा गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतको मधेश प्रदेश कार्यालयले आ.व २०८०/८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सुरु गरेको छ ।

प्राधिकरणले सर्लाही जिल्लाको पर्सा गाउँपालिकाबाट यस्तो कार्यक्रमको सुरुवात गरेको हो । उक्त कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथिको रुपमा पर्सा गाउँपालिकाका उप-अध्यक्ष नुतन देवी रहेका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्राधिकरणका सागर आचार्यले गरेका थिए । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधीहरु, कार्यपालिकाका सदस्यहरु, निर्वाचित वडा सदस्यहरु,  गाउँपालिकाका कर्मचारीहरु,  अगुवा कृषकहरु, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधीहरु तथा महिला समुहका व्यक्तिहरु गरी ५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा र बीमा प्राधिकरणको बारेमा प्रस्तुतिकरण दिएकी थिइन् । प्रस्तुतिकरण पश्चातको छलफल कार्यक्रममा सहभागीहरुले कृषि तथा विभिन्न बालीहरुको बीमाका बारेमा जिज्ञासा राख्नेका थिए । बीमकहरुले बीमालेख बिक्रि गर्दा बीमाको फाइदाहरु देखाउने तर दावीको समयमा बीमकहरु सम्पर्क बिहिन हुने गरेको गुनासो केहि सहभागीहरुले राख्नेका थिए ।

साथै, पशु बीमालेखमा चोरी भएको खण्डमा दावी भुक्तानी नदिने प्रावधान रहेको हुँदा सो प्रावधान हटाउनु पर्ने सुझाव दिएका थिए । त्यसै गरी कुनै पनि बाली तथा पशुपन्छीको दुर्घटनाबाट क्षती हुँदा समयमै क्षती मूल्यांकन हुने व्यवस्था मिलाउन सुझाव आएको छ ।

सहभागीहरुले यस्तो कार्यक्रमबाट बीमा सम्बन्धी चेतना भएको र आगामी दिनहरुमा हामीले लगाएको बाली तथा पशु चौपायहरुको बीमा गरी हुन सक्ने आर्थिक नोक्सानीबाट सुरक्षित रहन सकिने कुराको जानकारी पाएकोमा नेपाल बीमा प्राधिकरणलाई धन्यवाद दिए । छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले दिएकी थिइन् । साथै जीवन बीमकको प्रतिनिधीले बीमाको बारे स्थानीय भाषामा जानकारी दिएका थिए ।

गाउँपालिकाका सुचना प्रविधि अधिकृतले कार्यक्रम आयोजना गरेकोमा नेपाल बीमा प्राधिकरण र गाउँपालिकालाई धन्यवाद दिदै जोखिमबाट सुरक्षित रहनको लागि बीमा आवश्यक रहेको र केन्द्रिय सरकारबाट कृषि तथा पशुपन्छी बीमामा दिदै आएको अनुदानले सरकार कृषक र कृषि क्षेत्र प्रति थप जिम्मेवार रहेको कुरा राखेका थिए । साथै, बीमा गर्दा ठुलो बीमाङ्कको नगरी आफ्नो आवश्यकता र आय श्रोतका आधारमा गर्नु पर्ने धारणा राख्नेका थिए । कार्यक्रममा प्रमुख अतिथि पर्सा गाउँपालिकाका उप-अध्यक्षले सहभागी जनप्रतिनिधिहरुलाई बीमा बारे गाउँ टोलसम्म जानकारी गराउन आग्रह गरेका छन् । साथै, आगामी दिनहरुमा बीमालाई गाउँपालिकाले प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त समेत गरेका थिए ।

कार्यक्रमको समापनमा प्राधिकरणका मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले सहभागीहरुबाट प्राप्त भएको सुझावहरु प्राधिकरणले आगामी दिनहरुमा सम्बोधन गर्दै जाने र गाउँपालिकालाई बीमा सम्बन्धी आवश्यक पर्ने सहयोग र सुझावका लागि बीमा प्राधिकरण जुनसुकै समयमा पनि तयार रहेको ‍धारणा राखेका थिए । साथै बीमा कम्पनीका प्रतिनिधीहरुलाई समय समयमा पालिकामा आई आवश्यक समन्वय गर्नका लागि अनुरोध गरेका थिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया