Nepal Life

नेप्सेको क्षमता बढाउन लगानीकर्ताको आह्वान, लघुवित्तको लाभांशमा लगाइएको क्याप हटाउन माग

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Mon 05:26
नेप्सेको क्षमता बढाउन लगानीकर्ताको आह्वान, लघुवित्तको लाभांशमा लगाइएको क्याप हटाउन माग
Sanima Reliance

काठमाडौं । लगानीकर्ताका संघ संघठनले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै नेपाल स्टकको क्षमता अभिबृद्धि गर्न आह्वान गरेका छन् । नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे, जनरल इन्भेष्टर एसोसिएसनका अध्यक्ष दिपक कार्की र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष जगतजंग जि.सीले संयुक्त रुपमा माइक्रोफाइनान्सको लाभांशमा लगाएको रोक र शेयरधितो कर्जाको क्याम हटाउन अर्थमन्त्री समक्ष अनुरोध गरेका छन् ।  

पुँजी बजारमा अहिले आएर दैनिक कारोबार रकममा वृद्धि हुँदै आएको छ जसले देशको राजस्व संकलनमा ठूलो योगदान गर्ने भन्दै उनिहरुले आगामी दिनमा दैनिक रूपमा २० देखि २५ अर्बको कारोबार सामान्य हुने सहजै अनुमान गरेका छन् । यस अवस्थामा नेपाल स्टक एक्सचेन्जको विद्यमान क्षमतामा अभिवृद्धि गर्नु पर्ने देखिएको लगानीकर्ताको भनाइ छ । कारोबारको समयमा सिस्टममा खराबी आई लगानीकर्ताहरूले सेयर कारोबार गर्नबाट वञ्चित भएको गुनासो पटकपटक सुन्नमा आएको भन्दै आगामी दिनमा सेयर कारोबारको समयमा सिस्टममा कुनै पनि समस्या नआउने गरी व्यवस्था मिलाउनको लागि नेपाल स्टक एक्सचेन्जको विशेष ध्यानाकर्षण गराएका हुन् । 

साथै, नेपाल स्टक एक्सचेन्जका व्यवस्थापकीय एवं प्राबिधिक समस्या समाधान गर्न रणनीतिक साझेदार सहितको पुनर्सरचना गर्ने तर्फ नेपाल सरकारले अग्रसरता लिनेछ भन्ने कुरामा लगानीकर्ताले विश्वस्तता व्यक्त गरेका छन् । 

देशमा विद्यमान आर्थिक मन्दीलाई कम गर्न आर्थिक क्षेत्र चलायमान बनाउने गरी नवनियुक्त माननीय अर्थमन्त्री विष्णु प्रसाद पौडेलबाट भएको पहल कदमप्रति पुँजी बजारमा संलग्न विभिन्न संस्थाहरूको तर्फबाट उनिहरुले धन्यवाद ज्ञापन गरेका हुन् । 

प्रेस विज्ञप्तीमा भनिएको छ, 'यस बीचमा नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८१।०८२ को लागि जारी गरेको मौद्रिक नीतिले आर्थिक क्षेत्र चलायमान बनाउनेकार्यमा नीतिगत अग्रसरता समेत देखाएको छ। मौद्रिक नीति स्वागतयोग्य छ तथापि लगानीकर्ताले उठाएका कतिपय जायज मागहरु जस्तैः सेयर धितो कर्जाका जोखिम भार घटाउने एवं एकल ग्राहक मार्जिन प्रकृतिको सेयर कर्जामा लगाइएको १५ करोडको सीमा हटाउने, लघुवित्तका) लाभांश वितरणमा लगाइएका क्याप हटाउने लगायतका मागहरू अझै पनि सम्बोधन हुन सकिरहेको छैनन्। राष्ट्र बैंकले आगामी मौद्रिक नीतिहरुमा यी विषयवस्तुहरुलाई पनि समेट्दै जाने छ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौं ।'

नेपालको पुँजी बजारको आकार दिनप्रतिदिन बढिरहेको छ र आगामी दिनमा यसको क्षेत्र व्यापक रूपमा विस्तार गर्न सकिने धेरै सम्भावनाहरू छन्।

पूँजी बजारलाई चुस्त पारदर्शी एवं पूर्ण व्यावसायिक बनाउन सके यसले अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्छ । छरिएर रहेको पुँजीलाई एकत्रित गरी "नेपालको लागि नेपालीकै लगानी" भन्ने कुराले समेत सार्थकता पाउने थुप्रै आधार र अवसरहरू छन् । यद्यपि यसको लागि पुँजी बजारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने हुन्छ ।

पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड विगत आठ महिनादेखि नेतृत्वविहीन छ। लगानीकर्ताहरूको अभिभावकको रुपमा नेतृत्व गर्ने धितोपत्र बोर्डको अध्यक्ष जस्तो गरिमामय र जिम्मेवार पदको पदपूर्ति नहुँदा लगानीकर्ताहरूमा अन्योलता हुनु स्वाभाविकै हो। यस्ता कुराहरुलाई मध्यनजर गरी नेपाल सरकारबाट धितोपत्र बोर्डमा योग्य, इमान्दार, राष्ट्रिय अन्तर्राष्ट्रिय पुँजी बजार सम्बन्धी ज्ञान भएको, धितोपत्र बजार नियामकहरुको अन्तराष्ट्रिय संस्था (IOSCO) को सिद्धान्त तथा अन्तराष्ट्रिय र क्षेत्रीय असल अभ्यास पूर्णरुपमा बुझेको व्यक्तिको छनोट विधि एवं प्रक्रिया यथासक्य छिटो पूरा गर्न नेपाल सरकारसँग जोडदार माग समेत गर्दछौं।
धितोपत्र बोर्डमा नेतृत्व नहुँदा लामो समयदेखि प्राथमिक सेयर निष्कासनको प्रक्रियाहरू अगाडि बढ्न सकिरहेको छैन।

धितोपत्र बोर्डले आगामी दिनमा योग्य कम्पनीहरुको प्राथमिक सेयर निष्कासन प्रक्रिया अगाडि बढाउनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छ साथै अतियोग्य कम्पनी बाहेक प्रिमियम र बुकबिल्डिङ प्रक्रियाबाट सेयर निष्कासन गर्न निरुत्साहित गर्नको लागि समेत लगानीकर्ताले जोडदार माग गरेका छन् । कम्पनीहरूको सेयर जारी गर्दा कम्पनीको नेटवर्थ, लाभांश क्षमता, व्यावसायिक योजना एवं कम्पनीको ग्रोथलाई सूक्ष्म अध्ययन गरी प्राथमिक सेयर निष्कासन गर्ने अनुमति दिनेछ भन्ने कुरामा उनिहरु विश्वस्त छन् ।

अहिले दुई ठूला राजनीतिक दलहरु सरकारमा हुँदा लगानीकर्ताहरुमा सरकारप्रति ठूलो भरोसा छाएको छ । अस्थिर सरकारबाट वाक्क भएका लगानीकर्ताहरुले केही राहतको महसुस गरिरहेका छन् यसको ज्वलन्त उदाहरण पुँजी बजारमा देखिएको उत्साह पनि एक हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया