Nepal Life

राष्ट्रिय बीमा कम्पनीमा लुकीछिपी सर्भे नगर्न सर्भेयर संघको चेतावनी, सबैको हकहितको पक्षमा उभिन आह्वान

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 14:31
राष्ट्रिय बीमा कम्पनीमा लुकीछिपी सर्भे नगर्न सर्भेयर संघको चेतावनी, सबैको हकहितको पक्षमा उभिन आह्वान
Sanima Reliance

काठमाडौं । बीमा सर्भेयर संघले राष्ट्रिय बीमा कम्पनीमा लुकीछिपी सर्भे नगर्न सम्पुर्ण सर्भेयरहरुलाई चेतावनी दिएको छ । केहि सर्भेयरले राष्ट्रिय बीमा कम्पनीमा लुकीछिपी सर्भेयरको काम गरिरहेको भन्दै संघले तत्काल यस्तो काम बन्द गर्न आह्वान गरेको छ ।

राष्ट्रिय बीमा कम्पनीले प्रारम्भिक संझौता बमोजिम सर्भेयरलाई पारिश्रमिक नदिए पछि सर्भेयर संघले धेरै लामो समयदेखि विरोध गर्दै आइरहको छ । विरोधका क्रमा सर्भेयरहरुलाई कम्पनीको सर्भेको कामै नगरि असहयोग गर्ने नीति बनाएको छ ।

बीमा सर्भेयर संघ, नेपालको चौथो वार्षिक साधारणसभाले निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघ र बीमा सर्भेयर संघ नेपाल विच २०७२ चैत २१ गते सर्भेयर शुल्कका विषयमा सहमति भइ सम्झौता भएको थियो । उक्त सम्झौता २०७३ बैशाख एक गतेदेखि लागु हुने भनिएको थियो । यहि अनुसार अन्य बीमा कम्पनीहरुले लागु गरे पनि राष्ट्रिय बीमा कम्पनीले मानेन ।

यसरी कम्पनीले सहमति नमाने पछि बीमा सर्भेयरहरुलाई राष्ट्रिय बीमा कम्पनीमा क्षति मूल्याङ्कनको लागि बीमा सर्भे कार्य नगर्न आह्वान गरिएको थियो । तर संघकै केहि सदश्यहरुले लुकीछिपी क्षति मूल्याङ्कनको बीमा सर्भे कार्य गरेको पाइएको छ । संघले आफ्नो साधारणसभाबाटै अनुमोदन गरेको ऐक्यवद्धतालाई केहि सदश्यले नमाने पछि सचेत गराइएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया