Nepal Life

उत्पादनमुलक कम्पनीको नाफा घट्दा दोस्रो बजारमा गिरावट, डिस्ट्रिलरी र शिवमले अत्यायो

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 15:31
उत्पादनमुलक कम्पनीको नाफा घट्दा दोस्रो बजारमा गिरावट, डिस्ट्रिलरी र शिवमले अत्यायो
Sanima Reliance

काठमाडौं । उत्पादनमुलक तथा जलविद्युत कम्पनीकहरुको मुनाफामा गिरावट आउदा आज शेयर बजार ३१.८१ अंकले घट्यो । दोस्रो बजारमा सूचिकृत हिमालयन डिष्ट्रिलरी, शिवम सिमेन्ट लगायतका कम्पनीको मुनाफामा धेरै नै गिरावट देखिन्छ । यहि कारणले आज उत्पादन तथा प्रशोधनमुलक कम्पनीहरुको सूचक ४.२६ प्रतिशत अर्थात २४२ अंकले घट्यो ।

NIMB

बैंक वित्तीय संस्थाहरु अधिकाम्सले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । बैंक वित्तीय संस्थाहरु मुनाफामा देखिए पनि उत्पादनमुलक कम्पनी, जलविद्युत कम्पनी तथा अन्य कम्पनीहरुको मुनाफामा उल्लेख्य सुधार छैन ।

अहिले सार्वजनिक भएका वित्तीय विवरणका आधारमा यस वर्ष कम्पनीले कति लाभांश दिन सक्छन् भनेर अनुमान गर्न सकिन्छ । तर मुनाफै घटे पनि उनिहरुले लाभांश दिन सक्छन् भन्ने हुँदैन । अर्को तर्फ लाभांश बढाउने आशा पनि रहदैन ।

हिजो सोमबार नै प्राविधिक विश्लेषकहरुले आज बजार घट्न सक्ने संकेत गरेका थिए । यसले गर्दा पनि आज लगानीकर्ताको मनोविज्ञान बजार घट्छ नै भन्ने थियो । उनिहरुको कमजोर मनोविज्ञानलाई आज सार्वजनिक भएको उत्पादन मुलक कम्पनीको वित्तीय विवरणले थप झस्काएको हो ।

शेयर बजारमा केहि दिनदेखि लगातार सुधार भइरहेको थियो । यसले गर्दा केहि लगानीकर्ता नाफा बुक गर्ने मनस्थितिमा थिए । समग्र अर्थतन्त्रलाई नियालीरहेका ठुला लगानीकर्ताको कन्फिडेन्स अझै पनि बढ्न सकेको छैन । यसले गर्दा शेयर बजारलाई साना तिना धक्काले असर पार्दछ । अर्थमन्त्रीले लगानीकर्ताको कन्फिडेन्स बढाउन धेरै प्रयास गरिरहेका छन् । तर उनि जति सुकै सक्रिए हुँदा पनि लगानीकर्ताले विश्वास गर्न सकिरहेका छैनन् । जवसम्म अर्थतन्त्र चलायमान हुने संकेत देखिदैन तवसम्म शेयर बजारमा सुधारको अपेक्षा गर्न नसकिने बजार विश्लेषकहरु बताउछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया