Nepal Life

सय करदाताको हातमा ५२ प्रतिशत राजश्व, करोड भन्दा बढि कर तिर्नेको संख्या २९ सय ९१ जना

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 16:28
सय करदाताको हातमा ५२ प्रतिशत राजश्व, करोड भन्दा बढि कर तिर्नेको संख्या २९ सय ९१ जना
Sanima Reliance

काठमाडौं । नेपालमा वार्षिक एक करोड भन्दा बढि कर तिर्ने करदाताको संख्या २९ सय ९१ जना रहेको छ । आन्तरिक राजश्व विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा २९ सय ९१ जना करदाताले ३ खर्ब ७४ अर्ब कर बुझाएका छन् ।  

NIMB

सर्वाधिक धेरै कर तिर्ने १० करदाताले मात्रै एक खर्ब ८ अर्ब रुपैयाँ भुक्तानी गरेका छन् र त्यस्तै सार्वाधिक धेरै कर बुझाउने ५० जनाले मात्रै राज्यलाई २ खर्ब १२ अर्ब रुपैयाँ बुझाएका छन् । सर्वाधिक धेरै कर बुझाउने १० करदाताको आन्तरिक राजस्वमा २२ प्रतिशत हिस्सा रहेको छ । त्यस्तै ५० जनाको हिस्सा ४४ प्रतिशत छ ।

विभागका अनुसार सर्वाधिक धेरै कर बुझाउने १०० जनाले गत वर्ष २ खर्ब ५१ अर्ब बुझाएका छन् । त्यस्तै सर्वाधिक धेरै कर बुजाउने ५०० जनाले तीन खर्ब १९ अर्ब, सर्वाधिक धेरै कर बुजाउने एक हजार जनाले तीन खर्ब ४२ अर्ब, सर्वाधिक धेरै कर बुझाउने २ हजार जनाले तीन खर्ब ४२ अर्ब बुझाएका छन् । यसरी नेपालको आन्तरिक राजस्व विभागमा जम्मा १०० जनाले कुल राजश्वको ५० प्रतिशत भन्दा धेरै हिस्सा ओगेटेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया