Nepal Life

एमजीले ल्यायो एक्सचेन्ज अफर

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 18:35
एमजीले ल्यायो एक्सचेन्ज अफर
Sanima Reliance

काठमाडौँ । एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले एक्सचेन्ज अफर ल्याएको छ । आफ्नो १०० औं वार्षिकोत्सवको अवसरमा एमजीले यो एक्सचेन्ज अफर ल्याएको हो । यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन् । 

NIMB

पारामाउन्ट मोटर्स प्रा.लिका प्रतिनिधिले भने, “एमजी मोटर्सको १०० औं वार्षिकोत्सवको अवसरमा हामीले यो अफर ल्याएका छौँ । हामीलाई यहाँसम्म आइपुग्न नेपाली ग्राहकहरुले दिनुभएको साथ र विश्वासको अघि हामी सदैव आभारी छौँ । ”

श्रावण २६ देखि भाद्र २४ सम्म लागु हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, बिरगन्ज, विराटनगरस्थित डिलरहरुमा उपलब्ध हुनेछ । यस अवधिमा ग्राहकहरुले आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्नेछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया