Nepal Life

विद्युत प्राधिकरणले प्रिमियममा आइपिओ जारी गर्दै, प्रतिकित्ता सेयर २३० देखि २५० रुपैयाँ पर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 19:11
विद्युत प्राधिकरणले प्रिमियममा आइपिओ जारी गर्दै, प्रतिकित्ता सेयर २३० देखि २५० रुपैयाँ पर्ने
Sanima Reliance

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रिमियममा प्राथमिक शेयर जारी गर्ने भएको छ । प्राधिकरणले अवको ६ महिना भित्रमा प्राथमिक शेयर निष्काशनको प्रकृयाँ टुङ्ग्याउने तयारी गरेको छ । हाल प्राधिकरणको चुक्ता पूँजी एक खर्ब २५ अर्ब रुपैयाँ छ।

NIMB

प्राधिकरणले सर्वसाधारणलाई प्रतिकित्ता २३० देखि २५० सम्म पर्ने गरी सेयर जारी गर्ने तयारी गरेको हो । यसका लागि प्राधिकरणले इक्रा नेपालबाट रेटिङसमेत गराइसकेको छ । इक्रा नेपालले प्राधिकरणलाई सार्वजनिक शेयर निष्काशनका लागि डबल ए प्लस दिइसकेको छ ।

पहिलो चरणमा सर्वसाधारणलाई १० देखि २० प्रतिशत सेयर निष्कासनको तयारी गरिएको छ । यसका लागि प्राधिकरणको बोर्ड बैठकले फाइल स्वीकृत गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाएको छ । प्राधिकरण ऐन २०४१ मा रहेको स्पष्ट व्यवस्थाबमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको हो ।

ऊर्जाले अर्थ मन्त्रालयलाई सहमतिका लागि पत्र पठाएको छ । अर्थको सहमतिपछि मन्त्रिपरिषद्मा गएर स्वीकृति पाएपछि त्यसको प्रक्रिया अगाडि बढ्ने छ ।  अबको करिब ४ देखि ६ महिनामा प्राधिकरणको सेयर सर्वसाधारणको हातमा पर्ने प्राधिकरणले जनाएको छ ।

विद्युत् प्रसारण लाइन एवं आयोजनामा निर्माणमा लगानी जुटाउन प्राधिकरणले सर्वसाधारणलाई प्रिमियममा सेयर जारी गर्ने तयारी गरेको हो । अहिले विद्युत् प्राधिकरणको सम्पत्ति करिब ६ खर्ब रहेको छ ।

प्राधिकरणलाई आगामी ५ वर्षमा साढे ८ खर्ब लगानी आवश्यक पर्ने र त्यसका लागि पनि प्राधिकरणले प्राथमिक सेयर निष्कासन गर्न लागेको हो । धेरै जसो लगानी प्रसारण पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने भएकाले ५० देखि ७० अर्ब उठाउने लक्ष्य राखेको छ ।

आर्थिक वर्ष ०७२/७३ सम्म प्राधिकरणको घाटा ३४ अर्ब ६१ करोड रुपैयाँ थियो । त्यसपछि भने प्राधिकरण निरन्तर नाफामा छ । ०७३/७४ मा १ अर्ब ५० करोड, ०७४/७५ मा ३ अर्ब ४३ करोड, ०७५/७६ मा ९ अर्ब ८१ करोड, ०७६/७७ मा ११ अर्ब ७५ करोड, ०७७/७८ मा ६ अर्ब १० करोड, ०७९/८० मा १३ अर्ब ३७ करोड नाफा गरेको थियो । आर्थिक वर्ष ०७९/८० को अपरिष्कृत तथ्यांकअनुसार १२ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा यस वर्ष नाफामा भने कमी आएको छ ।

प्राधिकरणले जारी गरेको पछिल्लो तथ्यांकअनुसार नाफमा १ अर्ब ४ करोड रुपैयाँको कमी आएको हो । हिउँदमा पानी नपर्दा त्यसको असर नाफामा देखिएको हो । आर्थिक वर्ष ०७९/८० मा प्राधिकरणले भारतबाट १९ अर्ब ४४ करोड बराबरको बिजुली किनेको छ भने १० अर्ब ४५ करोड बिक्री गरेको छ ।

बिजुली बेचेर २० अर्ब रुपैयाँ कमाइ गर्ने लक्ष्य राखेको प्राधिकरणले समयमै वर्षात् नभएका कारण बिजुली निर्यात गर्न नपाएपछि त्यसको प्रत्यक्ष असर नाफामा देखिएको हो ।

गत आर्थिक वर्षमा सुक्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको विद्युत् उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्‍न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको हो । प्राधिकरणले भारतीय ऊर्जा खरिद बिक्री बजार (आईईएक्स) मा हाल ४५२ मेगावाट बिजुली बिक्री गरिरहेको छ ।

यस्तै प्राधिकरणको सञ्चित नाफामा बढोत्तरी भएको छ । सञ्चित नाफा बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । दुई वर्षअघि ११ अर्ब रहेको रहेको सञ्चित नाफा बढेर ३६ अर्ब ६७ करोड पुगेको छ । प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षमा ३७ अर्ब बढाएको छ । दुई वर्षअघि करिब ८१ अर्ब रुपैयाँ रहेको आम्दानी अहिले करिब १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिब ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण तथा वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरेको छ । त्यस्तै सरकारको कोषमा साँवा–ब्याज र रोयल्टी गरी ३० अर्ब जम्मा गरेको पनि प्राधिकरणले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया