Nepal Life

टाटा मोटर्सको 'साउनमै दसैं' कार्यक्रम

NMB Bank
  • BFIS News
  • 2024 Aug 08 17:55
टाटा मोटर्सको 'साउनमै दसैं' कार्यक्रम
National Life

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले 'साउनमै दसैं' कार्यक्रम आयोजना गर्न लागेको छ।

Shikhar
NIMB

कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभी साट्न सकिनेछ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरू प्रतिको रुचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै टाटा मोटर्सको सोरुम थापाथली लगायत देशैभरी रहेका सोरुमहरूमा साउन २५ गतेदेखि २७ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको हो।

यस कार्यक्रममा निःशुल्क रुपमा अटोप्लस इन्स्योरेन्स, ३ वर्षको सर्भिसिङ, १ वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनस लगायतका सुविधाहरू प्राप्त गर्न सकिनेछ।

साथै, साउनमै दसैं कार्यक्रममा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् साथै यस कार्यक्रममा सहभागी भई नयाँ टाटाका विद्युतीय गाडीहरू खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया