Nepal Life

पन्च इभीको प्रि–बुकिङ खुला, अत्याधुनिक प्रविधियुक्त रहेको कम्पनीको दाबी

NMB Bank
  • BFIS News
  • 2024 Aug 12 14:24
पन्च इभीको प्रि–बुकिङ खुला, अत्याधुनिक प्रविधियुक्त रहेको कम्पनीको दाबी
National Life

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले आज (सोमबार) देखि बहुप्रतिक्षित पन्च इभीको प्रि–बुकिङ खुला गरेको छ। अब ग्राहकहरूले कम्पनीको आधिकारिक वेबसाइट मार्फत प्रि–बुकिङ गर्न सक्नेछन्।

Shikhar
NIMB

प्रि–बुकिङ गरिएका गाडीहरू आगामी नाडा अटो सोबाट प्राथमिकताका साथ डेलिभरी सुरू गरिनेछ। उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको कम्पनीको भनाइ छ।

साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायती रहेको छ। एक  विशेष इलेक्ट्रिक एसयुभीमा हुनुपर्ने हरेक गुण पन्च इभीमा रहेको बताइएको छ।

१६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एगल्स लगायतका विशेषताहरू रहेका छन्।

यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ।

भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ। यस गाडी भारतीय अटो बजारमा कम्प्याक्ट एसयुभीको रूपमा स्थापित हुन सफल भइसकेको छ।

पन्च इभी आधुनिक ग्राहकहरूको बदलिदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गर्दै एक अतुलनीय यात्रा अनुभूतिको प्रत्याभूति गर्दछ। यसले पन्च ब्रान्डको विश्वसनीयतालाई मात्र नभई समग्र टाटा ब्राण्डको इभी  पोर्टफोलियोमा नयाँ आयाम थपेको कम्पनीले जनाएको छ।

पन्च इभीले नेपाली बजारमा पनि छोटो अवधिमै उल्लेखनीय हिस्सा ओगट्ने अपेक्षा गरिएको छ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया