NIMB Header 2
Nepal Life

नेपाल टेलिकमको मुनाफा ७ प्रतिशतले घट्यो, आम्दानीमा गिरावट सँगै ह्रासकट्टीले नाफामा पर्यो असर

National Life
  • BFIS News
  • 2023 Aug 16 06:47
नेपाल टेलिकमको मुनाफा ७ प्रतिशतले घट्यो, आम्दानीमा गिरावट सँगै ह्रासकट्टीले नाफामा पर्यो असर
Sanima Reliance

काठमाडौं । नेपाल टेलिकमको मुनाफामा ७.८६ प्रतिशलते गिरावट आएको छ । टेलिकमले गत आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ८० करोड रुपैयाँ मुनाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यहि अवधिमा टेलिकमले ८ अर्ब ४७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

Shikhar
NIMB

कम्पनीले टेलिकम्युनिकेसन तर्फको व्यवसायबाट ३६ अर्ब ८० करोड आम्दानी गरेको छ । गत वर्ष यस्तो आम्दानी ३७ अर्ब ९१ करोड थियो । अन्य आम्दानीमा पनि उल्लेख्य सुधार देखिदैन । कम्पनीको मुनाफामा सबैभन्दा ठुलो प्रभाव ह्रास कट्टीको छ । गत वर्ष कम्पनीले ६ अर्ब १९ करोडको ह्रास कट्टी गर्नु परेको छ ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ३१.४५ प्रतिशत बढेको छ भने अन्य आम्दानी ४५.३४ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी १.११ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ७० पैसा घटेर ४३ रुपैयाँ ३६ पैसामा सीमित भएको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५२१ रुपैयाँ २७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.९२ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७५ अर्ब ८२ करोड ८१ लाख रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया