Nepal Life

मनकामना इन्जिनियरिङको आइपिओ आवेदन दिने आज अन्तिम दिन

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 07:08
मनकामना इन्जिनियरिङको आइपिओ आवेदन दिने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको प्राथमिक शेयरको निष्काशन तथा बिक्री बन्द हुने भएको छ । पहिलो चरणमै माग भन्दा बढि आवेदन परे पछि आजदेखि बिक्रि बन्द गर्ने भएको हो । कम्पनीले  साउन २८ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गरेको थियो । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि आइपीओ निष्काशन गरेको हो ।

NIMB

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ७६ लाख ६२ हजार रुपैयाँ बराबरको २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्काशन गरेको हो । 

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाइन्छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले हाल ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ । यसको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २७ करोड ८७ लाख १५ हजार रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया