Nepal Life

आइएमई लाइफद्धारा भरतपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Sat 14:52
आइएमई लाइफद्धारा भरतपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले स्थापनाको सातौँ वार्षिकोत्सवको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नारायणघाट क्षेत्रको आयोजनामा शुक्रबार भरतपुर–६ स्थित सहिद गणेश स्वास्थ्य चौकीमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा पुष्पाञ्जली हस्पिटल प्रालि, भरतपुर– १० को प्राविधिक सहयोग रहेको थियो । 

शिविरमा नि:शुल्क प्रेसर–सुगरको परीक्षणसहित औषधिसमेत वितरण गरिएको आइएमई लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक यशोदा ढुंगानाले जानकारी दिइन् । उनका अनुसार शिविरमा ८९ महिला र ९० जना पुरुष गरी एक सय ७९ जना बिरामीले सेवा लिएका थिए । 

कार्यक्रममा भरतपुर महानगरपालिका– ६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठ, वडासदस्य रुद्र अधिकारी, वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी, सामाजिक इ. प्रमुख केदार सुवेदी, हेल्थपोस्ट इन्चार्ज भवीश्वर अधिकारीलगायतको उपस्थिति थियो । कम्पनीले स्थापनाको सातौँ वार्षिकोत्सवको अवसरमा देशैभर विभिन्न कार्यक्रम आयोजना गरी सप्ताहव्यापी रूपमा वार्षिकोत्सव मनाइरहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया