NIMB Header 2
Nepal Life

हुन्डाईको दसैं–तिहार लक्षित 'फेष्टिभ डिलाइट २०८१' योजना सार्वजनिक

National Life
  • BFIS News
  • 2024 Aug 22 15:07
हुन्डाईको दसैं–तिहार लक्षित 'फेष्टिभ डिलाइट २०८१' योजना सार्वजनिक
Sanima Reliance

काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं–तिहार लक्षित 'फेष्टिभ डिलाइट २०८१' योजना सार्वजनिक गरेको छ।

Shikhar
NIMB

ग्राहकहरूको दसैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरूमा गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ। यस वर्ष पनि १ जना भाग्यमानीले हुन्डाई मेड इन नेपाल हुन्डाई भेन्यु लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन्।

हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिँदै आएको छ।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा १० लाख रूपैयाँसम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप एक लाखसम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूको सन्तुष्टिको निमित्त हुन्डाइले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ।

भदौ ११ गते सुरू हुने नाडा अटो शो २०२४ मा बुकिङ गर्ने ग्राहकहरूले पनि यस योजनाबाट लाभान्वित हुन सक्नेछन्।

नाडा अटोशो २०२४ मा हुन्डाईको ए-२ स्टल भ्रमण गरेर ग्राहकले हुन्डाईका विभिन्न उत्पादनहरूको अवलोकन गरी आफ्ना जिज्ञासाहरू पनि मेट्न सक्नेछन्।

सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध छ। यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ।

यसै अवसरमा हालै चलिरहेको हुन्डाई टेस्ट ड्राइभ एण्ड विन क्याम्पेन अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरी रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइनअपहरू मध्यबाट भर्खंरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू हात खाली नहुने गरी प्राप्त गर्न सक्नेछन्।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १६ सोरुम, १९ सर्भिस सेन्टर तथा ४३+ चारजिङ पोइन्ट मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया