Nepal Life

यि हुन् शेयर बजारका सर्वाधिक १० ठुला कम्पनी, 'सरकारी लगानीका कम्पनीको बजार पूँजीकरण सबैभन्दा धेरै'

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Sat 14:24
यि हुन् शेयर बजारका सर्वाधिक १० ठुला कम्पनी, 'सरकारी लगानीका कम्पनीको बजार पूँजीकरण सबैभन्दा धेरै'
Sanima Reliance

काठमाडौं । नेपालको शेयर बजारमा कम्पनीको चुक्ता पूँजी र दोस्रो बजारमा कायम शेयर मूल्यका आधारमा निर्धारण हुने बजार पूँजीकरणका हिसावले सर्वाधिक ठुलो कम्पनी नेपाल टेलिकम रहेको छ । कुल बजार पूँजीकरण ४३ अर्ब ६६ अर्ब रुपैयाँ छ । तर नेपाल टेलिकम एक्लैको एक खर्ब ७८ अर्ब रुपैयाँ छ ।

त्यस्तै दोस्रो नम्बरमारहेको नविल बैंकको कुल बजार पूँजीकरण एक खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ भने तेस्रो नम्बरमा रहेको नागरिक लगानीकोषको एक खर्ब ४४ अर्ब रुपैयाँ छ । चौथो नम्बरमा रहेको नेपाल पुनर्बीमा कम्पनीको कुल बजार पूँजीकरण  एक खर्ब १२ अर्ब रुपैयाँ छ । हिमलायन रिइन्स्योरेन्सको ९१ अर्ब ३१ करोड छ ।

त्यस पछि ग्लोबल आइएमइ रहेको छ । बैंकले कुल बजार पूँजीकरण ९१ अर्ब रुपैयाँ रहेको छ । एभरेष्टको बैंकको ८७ अर्ब ८ करोड हुँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८४ अर्ब १९ करोड छ । एनआइसी एशिया बैंकको पनि ७३ अर्ब ६८ करोड छ । त्यस पछि  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७९ अर्ब ९३ करोड छ ।

नेपाल टेलिकम

बजार पूँजीकरणका हिसाले सबैभन्दा ठुलो नेपाल टेलिकमको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ छ । कम्पनीको शेयर मूल्य ९९२ रुपैयाँ छ । विगत एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य न्युनतम ८०० रुपैयाँबाट १२१४ रुपैयाँसम्म पुग्यो । कम्पनीमा ८.४७ प्रतिशत मात्रै सर्वसाधारण लगानीकर्ताको हिस्सा छ । यसले गर्दा दोस्रो बजारमा कम्पनीको शेयर सप्लाइ कम छ । साथै कम्पनीले हरेक वर्ष शेयरधनीलाई आकर्षक लाभांश दिदै आएको छ ।

नविल बैंक

बैंकहरु मध्ये सर्वाधिक धेरैको रोजाइमा पर्ने नविल बैंक बजार पूँजीकरणका हिसावले दोस्रो नम्बरमा पर्छ । कम्पनीको शेयर मूल्य ६०६ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा ४१९ रुपैयाँबाट ७०० रुपैयाँसम्म पुग्यो । अझै पनि कम्पनीको शेयर अण्डर भ्यालु छ । चुक्ता पूँजी २७ अर्ब ५ करोड रहेकोमा सर्वसाधारण शेयरको हिस्सा ४१.५६ प्रतिशत छ । बैंकको लाभांश बाणिज्य बैंकहरु मध्ये सर्वाधिक धेरै आकर्षक दिने भित्रै पर्छ । बजारमा बैंकले छुट्टै गुडविल बोकेको छ ।

नागरिक लगानीकोष

बजार पूँजीकरणका हिसावले तेस्रो ठुलो कम्पनी नागरिक लगानीकोष पर्दछ । कम्पनीको शेयर मूल्य २३८५ रुपैयाँ छ । चुक्ता पूँजी ४ अर्ब ८४ करोड मात्रै हुँदा पनि बजार मूल्य धेरै हुँदा बजार पूँजीकरण तेस्रो नम्बरमा पर्न सफल भएको हो । नेपाल सरकारकै सर्वाधिक धेरै हिस्सा रहेको नागरिक लगानीकोषमा सर्वसाधारण शेयर जम्मा २० प्रतिशत मात्रै छ । बाँकी ८० प्रतिशत संस्थापक शेयरधनीको छ । लाभांशको हिसावले पनि कोषले आकर्षक दिदै आएको छ ।

नेपाल पुनर्बीमा कम्पनी

बजार पूँजीकरणको हिसावले चौथो ठुलो कम्पनी नेपाल पुनर्बीमा कम्पनीमा पनि नेपाल सरकारकै सबैभन्दा धेरै हिस्सा रहेको छ । कम्पनीको कुल चुक्ता पूँजी ११ अर्ब २७ करोड रहेको नेपाल पुनर्बीमा कम्पनीमा सर्वसाधारण लगानीकर्ताको हिस्सा केवल १६ प्रतिशत मात्रै छ । बाँकी सरकार तथा संस्थागत ठुला लगानीकर्ता छन् । कम्पनीको शेयर मूल्य भने ८४१ रुपैयाँ छ । जुन एक वर्षको अवधिमा ५८५ रुपैयाँबाट १०६० रुपैयाँसम्म पुग्यो । गएको बुलमा २ हजारसम्म पुगेको यरको शेयर मूल्य दोस्रो बजारमा सप्लाइ कम भएकै कारण माथि पुग्ने अनुमान गरिएको छ ।

हिमालयन रि इन्स्योरेन्स

निजि स्तरबाट सञ्चालित हिमालयन रि इन्स्योरेन्स कम्पनीले गएको वर्ष प्रिमियममा आइपिओ जारी गरेको थियो । नेपाल पुनर्बीमा सँग तुलना गरेरै कम्पनीको शेयर मूल्य बढाइएको छ । त्यसमा पनि ८० प्रतिशतको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सँगै दोस्रो बजारमा यो हट केक बनेको छ । अहिले कम्पनीको शेयर मूल्य ८७८ रुपैयाँ छ । एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य ३०९ रुपैयाँबाट १०६० रुपैयाँसम्म पुग्यो । चुक्ता पूँजी १० अर्ब ४० लाख रुपैयाँ रहेको कम्पनीले २० अर्ब पुर्याउने पर्नेछ । यसले गर्दा पनि दोस्रो बजारमा शेयर मूल्य बढेको हो ।

ग्लोबल आइएमई बैंक

बजार पूँजीकरणका हिसावले छैठौ नम्बरमा रहेको ग्लोबल आइएमई चुक्ता पूँजीका हिसावले सबैभन्दा ठुलो कम्पनी हो । कम्पनीको चुक्ता पूँजी ३६ अर्ब १२ करोड रुपैयाँ छ । तर शेयर मूल्य भने २५२ रुपैयाँ मात्रै छ । मर्जर पछि पूँजीका हिसावले सबैभन्दा ठुलो बनेको ग्लोबल आइएमई बैंकको शेयर मूल्य विगत एक वर्षको अवधिमा १७० रुपैयाँबाट ३०२ रुपैयाँसम्म पुगेको थियो । शेयरधनीलाई ठिक ठिकै लाभांश दिदै आएको बैंकले यस वर्ष पनि परिपक्व भएको ऋणपत्र र वितरणयोग्य मुनाफाबाट १० प्रतिशत हाराहारी लाभांश दिन सक्ने क्षमता राख्दछ ।

एभरेष्ट बैंक

दोस्रो बजारमा सातौ ठुलो कम्पनीको रुपमा रहेको एभरेष्ट बैंकको कुल बजार पूँजीकरण ८७ अर्ब रुपैयाँ छ । कम्पनीको चुक्ता पूँजी ११ अर्ब ७६ करोड रुपैयाँ छ । तर शेयर मूल्य भने ७४० रुपैयाँ छ । वितरणयोग्य मुनाफा सबैभन्दा धेरै भएकै कारण बैंकले दोस्रो बजारमा राम्रो मूल्य कामय राख्न सफल भएको हो । बैंकको ४०.७७ प्रतिशत शेयर पूँजी सर्वसाधारण लगानीकर्ताको समुहमा छ । यस बैंकमा पनि ठुला ठुला संस्थागत लगानीकर्ता छन् । यसले गर्दा पनि दोस्रो बजारमा कम्पनीको शेयर मूल्य बाणिज्य बैंकहरु मध्येकै सर्वाधिक धेरै रहने गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

चुक्ता पूँजीका हिसावले दोस्रो ठुलो बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बजार पूँजीकरणका हिसावले भने आठौ नम्बरमा पर्छ । कम्पनीको शेयर पूँजी ३४ अर्ब १२ करोड छ । बैंकको शेयर मूल्य विगत एक वर्षको अवधिमा १४७ रुपैयाँबाट २९५ रुपैयाँसम्म पुग्यो । अहले २४६ रुपैयाँ छ । कुनै समयमा सर्वाधिक मूल्य कामय राख्ने नेपाल इन्भेष्टमेन्ट अहिले बजार मूल्यका हिसावले कमजोर रहे पनि सर्वाधिक पूँजी भएका कारण बजार पूँजीकरणक हिसावले टप १० भित्र पर्दै आएको छ ।

एनआइसी एशिया बैंक बजार पूँजीकरणका हिसाले नवौ ठुलो कम्पनीको रुपमा रहेको बैंकको शेयर मूल्य ४९४ रुपैयाँ छ । चुक्ता पूँजी १४ अर्ब ९१ करोड रहेको बैंकको बजार पूँजीकरण भने ७३ अर्ब ६९ करोड छ । एक वर्षको अवधिमा बैंकको शेयर मूल्य ८५२ रुपैयाँसम्म पुग्यो । यस वर्ष लाभांश दिन नसक्ने चर्चा सँगै ३४१ रुपैयाँमा झर्यो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी

बजार पूँजीकरणका हिसावले १० औं नम्बरमा परेको नेपाल लाइफको शेयर मूल्य ८५२ रुपैयाँ छ । चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीको कुल बजार पूँजीकरण भने ६९ अर्ब ९२ करोड छ । कम्पनीको ४९ प्रतिशत शेयर सर्वसाधारण शेयरधनी समुह अन्तर्गत छ भने बाँकी संस्थापक शेयरधनी समुहमा छ । विगतमा आकर्षक लाभांश दिने कम्पनीका रुपमा चिनिने नेपाल लाइफको पछिल्ला केहि वर्षमा लाभांश खस्किएको छ । तर यस वर्ष भने आकर्षक लाभांश दिन सक्ने चर्चा छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया