Nepal Life

हिमालयन लाइफद्वारा ११८ जनालाई राइजिङ अवार्डमार्फत सम्मानित

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 05:05
हिमालयन लाइफद्वारा ११८ जनालाई राइजिङ अवार्डमार्फत सम्मानित
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच राइजिङ अवार्डमार्फत सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

हिमालयन लाइफ मेची रिजनमा कार्यरत शाखा तथा उपशाखाबाट उत्कृष्ट कार्य गर्ने बीमा अभिकर्ताहरुलाई बिर्तामोडमा आयोजित कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्सका ११८ जना बीमा व्यवसायीलाई सम्मान गरिएको हो ।

हिमालयन लाइफको मेची रिजन अन्तर्गतका विभिन्न १५ शाखामा काम गर्ने एजेन्सी मेनेजर, सिनियर एजेन्सी मेनेजर एमडिआरटी लक्ष्य पुरा गर्न सफल अभिकर्ता तथा विभिन्न बिदा मा उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी मेनेजरहरूलाई सम्मान गरिएको हो ।

सिईओ मनोजलाल कर्ण तथा तालिम विभाग प्रमुख हर्क बहादुर बुढाथोकीको उपस्थिति रहेको थियो । कार्यक्रममा ११८ जना उत्कृष्ट एजेन्सी म्यानेजर तथा एमडिआरटी बिजेताहरुलाई सिईओ कर्णले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा मन्तव्य दिँदै सिईओ कर्णले बीमालाई प्रविधि मैत्री, ग्राहकको चाहना अनुसार सेवामुखी, स्मार्ट बनाउनुपर्ने बताए ।

सिईओ कर्णले बीमाबारे सबै आवश्यक जानकारी दिन सक्षम हिमालयन लाइफको अभिकर्ता नै पहिलो नम्बर अभिकर्ता भएको बताउँदै सोही मनोभावनासहित कार्यस्थलमा खटिन आह्वान गरेका छन् । सिईओ कर्णले बीमा अभिकर्ता बीमा क्षेत्रको मेरुदण्ड भएको हुँदा अभिकर्ताको मनोभावना बुझेर हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कार्ययोजना बनाउँदै पनि उच्च प्राथमिकता दिने गरिएको बताए ।

सिईओ कर्णले हिमालयन लाईफ देशकै उत्कृष्ट बीमा कम्पनीको रुपमा स्थापित भइसकेकोले सोही भावका साथ कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन् । कार्यक्रममा हिमालयन लाइफका तालिम विभाग प्रमुख हर्क बहादुर बुढाथोकीले बीमाको महत्व र आवश्यकताको बारेमा जानकारी सहित बजारमा जादा बीमा अभिकर्ताहरुले अपनाउनुपर्ने औजारहरुका बारेमा प्रशिक्षण िदएका थिए ।

उनले बीमा अभिकर्ताहरुलाई प्रशिक्षण दिँदै बीमा अभिकर्ता भनेको समाधानकर्ता हो, दीर्घकालसम्म आफूलाई स्थापित हुने गरी बीमाका मूल्य र मान्यतालाई स्थापित गर्दै, एक मर्यादित पेशा बनाई अघि बड्न प्रेरित गरेका थिए ।

अवार्ड वितरण तथा सम्मान कार्यक्रममा बोल्दै सिनियर एजेन्सी मेनेजर तथा एमडिआरटी खिबराज दाहालले बीमा अभिकर्ता पेशा आफैँमा सम्मानित तथा आकर्षक पेशा बन्दै गइरहेको हुँदा आफूले आफूलाई परिवर्तन गरि अगाडि ्न सकेमा बढबीमामा उपाधि हासिल गर्न कसैले रोक्न नसक्ने बताए ।

कार्यक्रममा एमडिआरटी बिजेता गीता पौडेलले आफू लगायतका आफ्ना टिम सहित बिभिन्न तहका लिडरहरूमा बर्ष भरीको मेहनतलाई सम्मानको रुपमा ग्रहण गर्न पाउँदा खुसी लागेको अनुभव सुनाईन् । विगत ५ वर्षदेखि निरन्तर अभिकर्ता को रुपमा कार्यरत एमडिआरटी लक्ष्य पुरा गरेकी गीता पौडेलले चालु आवमा झनै प्रभावकारी रुपमा अगि बढ़ने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा अर्का एमडिआरटी फुरुमाया तामाङले बीमा अभिकर्ता पेशामा बिना लगानी समाजमा रहेका विभिन्न आर्थिक अवस्था भएका आम नेपाली दाजु भाइ दिदी बहिनीहरूलाई बीमाको दायरामा ल्याउनुपर्ने दायित्व बीमा अभिकर्ताको भएको हुँदा आफुले वैदेशिक रोजगारीमा जादा भएको दुर्घटनाको कारण जीवन बीमाको महत्व बुझेको अनुभव उनले सुनाइन् । महिला दिदी, बहिनी, गृहिणीको रुपमा गर्न सकिने बीमा अभिकर्ता पेशा अंगालेर अगाडि बढ्न प्रेरित गर्दै नियमित रुपमा अगि बढे सफलता हासिल हुने र एमडिआरटी तथा सिनियर एजेन्सी मेनेजर फूरुमाया तामाङले बताइन् ।

कार्यक्रम समापनको क्रममा कोशी प्रदेश उपप्रमुख नविन मिश्रले लीडरहरूलाई बधाई ज्ञापन गर्दै यो क्षण अविस्मरणीय रहेको बताए । काँकरभिट्टा शाखा प्रमुख रमेश तिम्सिनाले स्वागत गरेको कार्यक्रममा सञ्चालन बिर्तामोड शाखा प्रमुख बद्री प्रसाद भण्डारीले गरेका थिए । कार्यक्रममा इलाम, फिक्कल बुद्धशान्ति, धुलावारी, सुरुङ्गा, गौरादह, दमक तथा उर्लाबारी शाखा प्रमुख को उपस्थिति रहेको थियो ।

मनोरंजन सहित भएको कार्यक्रममा एजेन्सी मेनेजर निर्जला घिमिरेले स्वागत नृत्य प्रस्तुत गरेकी थिईन् भने तिज गीतमा एजेन्सी मेनेजर रेणु दंगालले प्रस्तुत गरेकी थिईन् । साथै जीना श्रेष्ठले आकर्षक नित्य सहित अन्तिम सामूहिक रुपमा तीज को शुभ कामना आदान प्रदान गरी कार्यक्रमको समापन गरिएको बिर्तामोड शाखाका मार्केटिङ एक्जूभेटिभ भीम खनालले जानकारी दिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया