Nepal Life

एनसेलको अनुमति पत्र ५ वर्षका लागि नवीकरण, प्रत्येक वर्ष किस्ता बापत ५ अर्ब तिर्नुपर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Mon 06:56
एनसेलको अनुमति पत्र ५ वर्षका लागि नवीकरण, प्रत्येक वर्ष किस्ता बापत ५ अर्ब तिर्नुपर्ने
Sanima Reliance

काठमाडौं । निजीक्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण गर्दा तिर्नुपर्ने शुल्कको किस्ता निर्धारण सँगै अनुमतिपत्र पनि नवीकरण भएको छ ।  नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त किस्ता निर्धारणसँगै अनुमति पत्र पनि नवीकरण गरेको हो ।

NIMB

यो सँगै एनसेल २०८६ भदौ सम्मका लागि नवीकरण भएको छ । एनसेलले थप पाँच वर्षको लागि नवीकरण गर्नुपर्ने म्याद भदौ १५ गते सकिएको थियो । १५ गते सार्वजनिक बिदा परेकोले आज आइतबार दूरसञ्चार प्राधिकरणले किस्ता निर्धारण गरेको हो ।

एनसेलले किस्तामा  नवीकरण शुल्क तिर्न पाउनुपर्ने भन्दै मन्त्री परिषदमा निवेदन दिएको थियो । कम्पनीको मागअनुसार गत बिहीवारको मन्त्रिपरिषद् बैठकले शर्तसहित किस्ताबन्दीको सुविधा दिएर अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले निजी दूरसञ्चार सेवा प्रदायक एनसेललाई ४ किस्तामा तिर्ने सुविधा दिने निर्णय गरेसँगै आज नियामकले किस्तामा रकम तिर्ने सुविधाका साथै इजाजतपत्र नवीकरण गरिदिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।  'कम्पनीले पहिलो किस्ता बापत ५ अर्ब रुपैयाँ तिरेको छ । बाँकी ३ किस्तामा ५/५ अर्ब तिर्नेगरी प्राधिकरणले भदौ १६ गते नवीकरण पत्र दिएको छ ।  यो किस्ता वार्षिक रूपमा १० प्रतिशत ब्याज सहित बुझाउनु पर्ने निर्णय भएको छ, 'उनले भने, ' तर एनसेलले चाहेको खण्डमा पुरै किस्ता अग्रिम बुझाउन पनि पाउने छ ।'

एनसेलले पहिलो किस्ता भनेर ४ अर्ब रुपैयाँ जेठ १४ गते नियामक निकाय– नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाइसकेको छ । अव बुझाउने दोस्रो किस्तामा १० प्रतिशत ब्याज सहित बुझाउनु पर्नेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया