Nepal Life

वैज्ञानिक तवरबाट धितोपत्र बजारको पूँजीकरण गणना गर्न लगानीकर्ताको माग, 'लगानीकर्तामा भ्रम पार्दै नेप्से'

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Mon 07:19
वैज्ञानिक तवरबाट धितोपत्र बजारको पूँजीकरण गणना गर्न लगानीकर्ताको माग, 'लगानीकर्तामा भ्रम पार्दै नेप्से'
Sanima Reliance

काठमाडौं । धितोपत्र बजारको पूँजीकरण गणना विधि वैज्ञानिक बनाउनुपर्ने माग सरोकारवालाहरूले गरेका छन् । आइतवार प्रतिनिधि सभाका सांसद हरि ढकाल सहितको समूहले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सात बुँदे सुझाव बुझाउँदै कुल बजार पूँजीकरण गणना विधिलाई व्यवहारिक बनाउन अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुुन् । 

अर्थमन्त्री पौडेलसमक्ष सात बुँदे सुझाव बुझाउँदै सांसद ढकालले बजारको पूँजीकरण अव्यवहारिक रूपमा गणना गर्दा बजारमा अनावश्यक तर्क सिर्जना भएको बताए । बजारलाई प्राकृतिक ढङ्गबाट अघि बढाउनका लागि अवैज्ञानिक विधिलाई हटाउँदै वैज्ञानिक विधि बनाउनुपर्ने माग सांसद ढकालले गरेका हुन् । 

सांसद ढकालले सांसदमा समेत पूँजीकरण गणना विधिलाई व्यावहारिक बनाउन आग्रह गर्दै आएका थिए । आइतवार भने सांसद हरि ढकालसँगै ब्रोकरको तर्फबाट प्रियराज रेग्मी, दुर्गा तिवारी, मर्चेन्ट क्यापिटलको तर्फबाट सचिन सिलवाका साथै लगानीकर्ताको तर्फबाट नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल र गोपाल स्वामी सहितको टोलीले अर्थमन्त्रीलाई भेटेरै सुझाव दिएका हुुन् ।

उक्त टोलीले बुझाएको सात बुँदे सुझावमा बैंक तथा वित्तीय संस्थालाई आफ्नो प्राथमिक पूँजीको २ प्रतिशत रकम अल्पकालिनरूपमा सूचीकृत कम्पनीमा लगानी गर्न दिनुपर्ने मागसमेत गरिएको छ । 

यस्तै, सबै प्रकारका शेयर धितो कर्जाको जोखिम भारलाई १०० प्रतिशतमा झार्नुपर्ने,  धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति गर्नुपर्ने, खराव वित्तीय अवस्था भएका कम्पनीहरूको प्राथमिक एवं हकप्रद निश्कासन रोक्का गर्नुपर्ने, नेपाल धितोपत्र बोर्डले इजाजत दिएका संस्थाहरू (नेपाल स्टक एक्सचेञ्ज, ब्रोकर, मचेन्ट बैंकरहरू)को प्राविधिक क्षमता विस्तार गर्नुपर्ने र धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले सूचीकृत कम्पनीहरूको पारदर्शिता कायम राख्न र बजारमा हुन सक्ने अवाच्छित गतिविधि रोक्न नियमन बढाउनुपर्ने माग सुझावमा समेटिएको छ । 

२४५ कम्पनी सूचीकृत धितोपत्र बजारको नियामक निकाय धितोपत्र बोर्ड आठ महीनादेखि नेतृत्वविहीन छ । बोर्ड अध्यक्ष पद रिक्त हुँदा बोर्डले आफ्नो दीर्घकालीन योजनाहरूको कार्यान्वयनका लागि आवश्यक काम गर्न नसकेको अवस्था छ । 

यतिबेला बुक बिल्डिङ विधिलाई सुधार गर्नतर्फ बोर्डको ध्यान केन्द्रित छ । बोर्डले यो विधिलाई सुधार गर्न बुक बिल्डिङ निर्देशिका संशोधन गर्ने तयारी गरेको छ । 

वारेन बफेटले कुनै समय बजारलाई विश्लेषण गर्ने विभिन्न आधारहरु मध्ये बजार पूँजीकरण र कुल ग्रार्ह्यस्थ उत्पादन पनि एक हो भनेका थिए । यहि मान्यता अनुसार विश्वमै बजार पूँजीकरलाई जिडिपी सँग तुलना गरिन्छ । तर नेपालमा बजार पूँजीकरणको गणना नै त्रुटीपुर्ण रहदै आएको लगानीकर्ताको आरोप छ । 

नेप्सेले संस्थापक शेयर र सर्वसाधारण शेयर दुबैलाई सर्वसाधारण शेयर मूल्यले गुणना गरेर बजार पूँजीकरण देखाउने गरेको छ । यहि कुरालाई लिएर विरोध भए पछि नेप्सेले फ्लट इन्डेन्डेक तथा फल्ट बजार पूँजीकरण पनि देखाउने गरेको छ । 

बजार ३ हजार पुग्दा बजार पूँजीकरण ४७ खर्ब नाघेको थियो । जुन जिडिपीलाई नाघ्ने गतिमा अगाडी बढिरहेको थियो । तर बजारमा करेक्सन आउदा अहिले ४३ खर्ब भन्दा तल छ । विश्वका कयौ मुलुकमा जिडिपी भन्दा बजार पूँजीकरण धेरै गुणाले धेरै पनि छ । तर बजार ३२ सय पुग्दा पनि बजार पूँजीकरण जिडिपी भन्दा माथि थियो । यदि नेपालको वस्तुस्थिति अनुरुप यथार्थमा बजार पूँजीकरण गणना गर्ने हो भने यो धेरै तल रहने विश्लेषकहरु बताउछन् । 

नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष तथा बजार विश्लेषक छोटेलाल रौनियारको पनि यसमा फरक मत छ 'नेप्सेले बजार मूल्य र सूचिकृत पूँजीलाई गुणन गरेर बजार पूँजीकरणलाई देखाउछ । तर बैंक वित्तीय संस्थाको ५१ प्रतिशत संस्थापक शेयरको मूल्य बजार मूल्य भन्दा धेरै कम छ । यसले गर्दा बजार पूँजीकरणको हिसाव गलत छ ।'

उनले थपे 'हुनलाई विश्वमा यहि प्रणाली हो तर विश्वका अन्य मुलुकमा संस्थापक र सर्वसाधारण शेयर भनेर विभाजन हुदैन । यसले गर्दा फ्लट मार्केट क्यापिटलाइजेसनलाई हेर्नु पर्छ । नेप्सेले यस्तो तथ्याङ्क पनि देखाइदिने गरेको छ । यसरी संस्थापक शेयर हटाएर दोस्रो बजारमा कायम शेयर मूल्यका बधारमा फ्लट मार्केट क्यापिटलाइजेसन केवल १६ खर्ब मात्रै हुन जान्छ ।'

नेपालमा यो बहसको विषय बनेको बजार विश्लेषकहरु बताउछन् । रौनियार भन्छन् 'जिडिपि बराबर नै बजार पूँजीकरण पुग्दै गर्दा आकास खस्ने होइन पाताल फर्किने होइन । कोभिडको समयमा हेर्ने हो भने विश्वमै जिडपि सबैको कम थियो र पूँजी बजार धेरै माथि पुगेको थियो । जापानको १२५ प्रतिशत थियो । हङ्कङको धेरै गुणा माथि थियो । वारेन फफेटले जमानामा जिडिपि बजार बजार पूँजीकरण रह्यो भने हेर्नु पर्छ भनेका थिए । उनि आफैले बजारलाई हेर्ने विभिन्न आधारहरु तयार पारेका थिए । पछि उसले त्यो पनि हटाए । बजार पूँजीकरण र जिडिपिलाई लिएर खासै केहि पनि हेर्नु हँदैन । कतिपयले बजारलाई विश्लेषण गर्ने नामममा पुरानै रट्टान लागउने काम भएको छ । रुढीबाढी मान्यता लगाएर बजार विश्लेषण गर्नु हुँदैन ।'

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया