Nepal Life

हिमालयन र सनी सेक्युरिटिजले पाए पूर्ण कार्य गर्ने ब्रोकर अनुमति, नयाँ ब्रोकरको संख्या ३७

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Fri 06:20
हिमालयन र सनी सेक्युरिटिजले पाए पूर्ण कार्य गर्ने ब्रोकर अनुमति, नयाँ ब्रोकरको संख्या ३७
Sanima Reliance

काठमाडौं । हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिजले पुर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमतिपत्र प्राप्त गरेका छन् । धितोपत्र बोर्डले हिजो थप ५ वटा ब्रोकरलाई सञ्चालन अनुमति प्रदान गरेको हो ।

NIMB

बोर्डको निर्णय अनुसार हिजो सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सनि सेक्युरिटिजले अनुमति पाएका हुन् । सजिलो, रोडसो र बेनीले सिमित कार्य गर्ने धितोपत्र दलाल अनुमतिपत्र प्राप्त गरेका हुन् ।

धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन दिने ४५ मध्ये ४३ वटालाई लाइसेन्स दिने निर्णय गरेको थियो । यसरी लाइसेन्स पाउने प्रारम्भिक अनुमति पाएकाले सम्पुर्ण प्रकृयाँ पुरा गरेर क्रमश ब्रोकर लाइसेन्स लिइरहेका छन् । पुर्ण कार्य गर्ने ब्रोकरको न्युनतम चुक्ता पूँजी ६० करोड तोकिएको छ ।

सिमित कार्य गर्ने धितोपत्र दलाल सेवा प्रवाह गर्ने ब्रोकरका लागि न्युनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकिएको छ । त्यस्तै पुर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रवाह गर्ने ब्रोकरका लागि ६० करोड रुपैयाँ तोकिएको छ । धितोपत्र व्यापारीको लागि भने एक अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

सिमित कार्य गर्ने ब्रोकरले लाइसेन्सका लागि निवेदन दिदा ५० हजार रुपैयाँ, अनुमतिपत्र दस्तु बापत २५ लाख रुपैयाँ र वार्षिक शुल्क बापत एक लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नु पर्छ । त्यस्तै पुर्ण कार्य गर्ने ब्रोकरहरुले लाइसेन्सका लागि आवेदन दिदा एक लाख रुपैयाँ, अनुमतिपत्र दस्तुर बापत ५० लाख रुपैयाँ र वार्षिक शुल्क तीन लाख रुपैयाँ भुक्तानी गर्नुपर्छ ।

त्यस्तै धितोपत्र व्यापारीको हकमा निवेदन दस्तुर २ लाख, अनुमतिपत्र दस्तुर एक करोड रुपैयाँ र वार्षिक शुल्क ५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्छ । प्रतिलिपि शुल्क भने २५ हजार रुपैयाँ तिर्नु पर्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया