राेजगारी गर्नेहरुलाई खुशीकाे खबर, न्यूनतम पारिश्रमिक पुग्याे १७ हजार ३ सय

  • BFIS News
  • 2023 Aug Fri 10:59
राेजगारी गर्नेहरुलाई खुशीकाे खबर, न्यूनतम पारिश्रमिक पुग्याे १७ हजार ३ सय

काठमाण्डाैँ । श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार राजपत्र प्रकाशन गरि चिया बगान बाहेकका श्रमिकका हकमा मासिक पारिश्रमिकमा आधारभूत पारिश्रमिक रु १०,८२० र  महङ्गी भत्ता रु ६,४८० गरी जम्मा रु १७,३०० मासिक न्युनतम पारिश्रमिक कायम गरेकाे छ ।

यसै गरी दैनिक न्यूनतम पारिश्रमिक मन्त्रालयले रु ६६८ र प्रति घण्टा रु ८९ कायम गरेकाे छ । आंशिक रुममा मात्र काम गर्ने कामदारकाे भने प्रति घण्टा न्यूनतम पारिश्रमिक रु ९५ रहने भनि राजपत्रमा उल्लेख गरिएकाे छ । अब राेजगारदाताले न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक दिने गरि राेजगार सम्झैता गर्न पाउने छैनन् । याे  नियम २०८० साउन १ गतेबाट लागु गर्नु पर्ने हुन्छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार