Nepal Life

नेपालको शेयर बजार : बढ्दा सबै विज्ञ घट्दा हावाकावा !

Global Ime detail Page
  • अरुण सापकोटा
  • 2024 Sep Sat 07:14
नेपालको शेयर बजार : बढ्दा सबै विज्ञ घट्दा हावाकावा !
Sanima Reliance

हरेक दिनको घटाइमा 'यो करेक्सनको अन्तिम विन्दु हो । अव बढ्छ !'

काठमाडौं । शेयर बजार यस्तो क्षेत्र हो जहाँ कसैले पनि बजार कतिसम्म घट्न सक्छ वा कति सम्म बढ्न सक्छ ठ्याक्कै भन्न सक्दैनन् । बजारलाइ प्रभाव पार्न सक्ने बिभिन्न अवयवहरुको आधारबाट बिश्लेषण गरि अनुमान लगाउने हो ।

 

NIMB

तर नेपालको शेयर बजारमा यस्तो अनुमानकर्ता यतिवेलासम्म ठ्याक्कै मिलाउछन् जतिवेलासम्म बजार एकोहोरो बढिरहन्छ र हरेक दिन जस्ता सुकै कमजोर कम्पनीको शेयर मूल्यले पनि सर्किट हान्छ । हचुवाका भरमा अव यो कम्पनी बढ्छ है किन्नु भनिदिदा पनि ठ्याक्कै मिल्छ । अनि उनिहरु शेयर गुरु, शेयर विश्लेषक भनेर कहलिन्छन् ।

अहिलेको शेयर बजारमा पनि यस्तै परिदृष्य देखिन्छ । बजार साढे २ वर्षसम्म १८ सयदेखि २२ सयको विन्दुमा घुम्यो । यतिवेलासम्ममा पनि कमाउनेले राम्रो कमाइरहेका थिए । अधिकाम्स लगानीकर्ताहरु दिनको एक पटक भए पनि मेरो शेयरमा गएर आफ्नो पोर्टफेलियो चेक गरिरहेका थिए । गएको चैतदेखि बजारमा सरकार परिवर्तनको चर्चा सुरु हुन थाल्यो । त्यस पछि बजारमा चहलपहल सुरु भयो तर पनि बजार बढ्न सकेको थिएन । बजेट पारित भए पछि राजनीतिक समिकरणमा परिवर्तन भयो ।

यसले गर्दा लगाकीकर्ता यति हौसिए कि २२ सयको अवरोध विन्दुलाई तोडेर शेयर बजार उकालो लाग्न थाल्यो । यो उकालो यात्रा ठिक एक महिनासम्म चल्यो । यस अवधिमा बजार ८०० अंकले बढ्यो । चुप लागेर बस्ने लगानीकर्ताको पोर्टफेलियोमा पनि लगभगत ७० प्रतिशतदेखि सत प्रतिशतसम्म सुधार भयो । यसरी चुप लागेर बस्दा पनि पोर्टफेलियो बढेको देखेका लगानीकर्ताले आफु सँग भएर अलि अलि बचतको रकम पनि बजारमा भित्र्याए ।

कतिपयले कर्जा पनि लिए । भर्खर भर्खर ब्रोकर खोलेर बसेका र पुराना ब्रोकर सँग पनि राम्रै रकम थियो । त्यो पैसा पनि बजारमा आउन थाल्यो । यसरी बजारमा तीन हजारको सूचकमा झण्डै तीस अर्बको कारोबार भयो । यसले लगानीकर्तालाई त हौसायो तर यहि दिनबाट बजारमा करेक्सन सुरु भयो ।

जति दिन करेक्सन भयो त्यतिदिन हिजोका बढ्दो बजारका बजार विश्लेषकहरु सँग विश्लेषण गर्ने हुत्ती हराउदै गयो । बजार तीन सय अंक भन्दा धेरै तल झर्दा पनि उनिहरुले एउटै कुरामा रट्टान मारे । बजारमा करेक्सन जारी छ । यतिमात्र होइन बजार जतिदिन घट्यो त्यति दिन उनिहरुको उत्तर हुन्छ 'यो करेक्सनको अन्तिम विन्दु हो । अव बढ्छ ।' 'आजबाट करेक्सन सकियो अव बढ्छ ।'तर खै !

वास्तवमा शेयर बजार एकदमै जोखिमयुक्त क्षेत्र हो । त्यसैले त भनिन्छ 'हाइ रिस्क हाइ गेन ।' नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुरारी पराजुलीको भाषामा 'जो अरुले कमाएको देखेर बजारमा आउछन् उनिहरु डुब्ने नै हो ।' उनले भने जस्तो बजारमा अरुले कमाएको देखेर आउनु गलत छ । यसका लागि बजारलाई बुझ्नु पर्छ । घट्ने र बढ्ने यसका सर्वमान्य सिद्धान्तलाई स्वीकार गर्नु पर्छ । बढ्दा बिक्री गर्न जान्नु पर्छ भने घट्दा धर्य गर्न सक्नु पर्छ । यसो भन्दै गर्दा ऋण लिएर खरिद गरिएको शेयरमा आएको गिरावटले धर्य बनाउन पक्कै पनि दिदैन । त्यसैले बजारलाई उचित मात्रामा विश्लेषण गर्ने आफुलाई सुरक्षित राखेर जोखिम बहन गर्ने रणनीति बनाउनु पर्छ । बजार बढेको समयमा आफु सँग भएको सबै स्रोत त्यसमा पनि धितोमा लिएर हुन्छ कि सापटी लिएर हुन्छ कि जहाँ जहाँबाट पैसा लिन सकिन्छ सबै ठाउँबाट पैसा लिएर उचालिएरको बजारमा लगानी गर्नेहरुले एक्जिट गर्न नजान्दा गुमाउनुको अर्को विकल्प ऊ सँग विकल्प हुँदैन ।

शेयर बजार यस्तो क्षेत्र हो जस्ता सुकै मै हुँ भन्ने लगानीकर्ताहरु कुनै न कुनै एक विन्दुमा पुगेर फसेकै हुन्छन् । जो फसेर पनि आफुलाई धर्य राखेर व्यवस्थापन गर्छन् उनिहरु माथि उठ्छन् नत्र मै हुँ भन्नेहरु पनि एउटा समयमा पुगे पछि फसेर पलायन हुन्छन् । त्यसैले बजारमा उछाल आएको दिन कत्ती न कमाउछु भनेर लगानी गर्दा डुबेका धेरै उदाहरण छन् ।

यस पटककै उछाललाई हेर्ने हो भने जुन दिन शेयर बजार ३ हजार पुगेको थियो त्यस दिन सर्वाधिक धेरै कारोबार भयो । यस दिन जतिपनि शेयर किनेका छन् उनिहरुले त्यो दिनको मूल्य पाउन अव धेरै समय पर्खनु पर्छ । तर बजारको अवको गति के हुन्छ भन्ने कुरा कसैले पनि अनुमान लगाउन सक्दैन ।

त्यसैले बढ्दा हचुवाका भरमा मिलेको आधारमा आफुले आफैलाई विज्ञ नकहलाउदा राम्रो हुन्छ । बरु बजारका प्राविधिक र शैद्धान्तिक पाटाहरुलाई बुझ्ने पढ्ने विश्लेषण गर्ने गर्नु राम्रो मानिन्छ । लगानी व्यवस्थापनका कयौ अनुभव हेर्ने पढ्ने र सुन्ने गर्नु राम्रो हुन्छ ।

यस पछि आफु कुन किसिमको लगानीकर्ता बन्न खोजेको हो ठम्याउनु पर्छ । यदि आइपिओ मात्रै खरिद गरिराखिएको छ र दोस्रो बजारमा प्रवेश गर्ने हो भने सबैभन्दा पहिला आफुलाई लगानीकर्ता बनाउने कि ट्रेडर बनाउने निर्यौल गर्नु पर्छ । यदि इन्भेष्टर हो भने जव बजारमा बढ्यो भन्ने कोलाहल पुर्ण वातावरण सिर्जना हुन्छ । चोक चोकमा चर्चा सुन्न थालिन्छ त्यस पछि अव बिक्री गर्नु पर्छ भन्ने बुझ्नु पर्छ । जतिवेला बजारमा घट्यो भनेर रुवावासी चल्छ त्यतिवेला लुसुक्क छिन्नु पर्छ र शेयर किनेर सुतेर बस्नु पर्छ ।

तपाईलाई शेयर बजारको कोलाहल पुर्ण वातावरणले नै व्युझ्याउछ । यति भनेर मात्रै पनि हुँदै बजारका आधारभुत सबै पक्षको ज्ञान तपाइमा हुनु पर्छ मात्र के हो भने तपाई सँग नियमित ट्रेडिङ गर्ने समय छैन । यति हुँदा हुँदै पनि बजारलाई नियमित रुपमा नियाल्ने घट्दो बढ्दो ट्रेण्ड बुझ्दै गर्नु पर्छ ।

यदि तपाई ट्रेडर हुने हो भने तपाईमा प्राविधिक र सैद्धान्तिक ज्ञान हुनु पर्छ । बजारका हरेक चलखेललाई तपाईले हेर्न सक्नु पर्छ । अझ अहिलेको सामाजिक सञ्जाल मार्फत हुने भित्रि सूचना तथा भित्रि रणनीतिलाई नजर अन्दाज गर्न सक्नु पर्छ । बढ्दो ट्रेण्डमा ट्रेडर सक्ने धेरै कमाउने र घट्दो ट्रेण्डमा आफु सँग एउटा पनि कित्ता नहुने वातावरण बनाउनेले मात्रै कमाउन सक्छ । बजारमा बिक्री गर्नेले जित्छ । बिक्री नगरी हातमा पैसा आउदैन । भ्यालुमा हरेक दिन थप घट हुने भएकाले बजार सर्वाधिक उचाइमा मेरो पोर्टफेलियो यति थियो भनेर कुनै अर्थ छैन त्यसबाट केहि पनि फाइदा लिन सकिदैन । त्यसैले ट्रेडर बिक्री गर्न जान्दैन भने उसले कमाउन जान्दैन । यस बाहेक बजारलाई धेरै महिन ढङ्गले विश्लेषण गर्न सक्नु पर्छ । सञ्चार माध्यममा आउने हरेक सूचनालाई ख्याल गर्नु पर्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधिलाई आफ्नो ज्ञान चक्षुमा राख्न सक्नु पर्छ । यो आत्मनिर्भर हुने पेशा पनि हो । कसैको अधिनमा नबसी आफ्नो बलबुताले कमाउन सकिन्छ । अर्को पक्ष भनेको जुन बजारमा पुर्णकालिन ट्रेडरको संख्या धेरै हुन्छ त्यो बजार अत्याधिक चलायमान पनि हुन्छ । तर नेपालमा बुलिस ट्रेण्डमा सबै ट्रेडर र वियरिसमा सबै जना चुप बस्ने प्रवृत्ती धेरै छ ।

अरुको कुरा सुनेर लगानी गर्ने प्रवृत्ती पनि व्यापक छ । बजारका भाइरल व्यक्तिहरुको कुरा सुनेर लगानी गर्ने अनि घटे पछि मलाई फोलानोले फसाइदियो अझ फलानोले गर्दा म फसे भन्ने प्रवृ्त्ती पनि वढ्दो छ । भनेको लगानीकर्ताहरु सक्षम नहुनु हो । पैसा कमाउछु भनेर वा अरुले कमाएको देखेर उनिहरुलाई नै सिको गर्नु केहि समय सुखद रहेता पनि दीर्घकालमा त्यो घातक हुन्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया