Nepal Life

मर्जर पछि पूँजी नपुर्याउने कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न दिने प्राधिकरणको निर्णय, अन्यको अन्योलमा

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Fri 12:55
मर्जर पछि पूँजी नपुर्याउने कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न दिने प्राधिकरणको निर्णय, अन्यको अन्योलमा
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मर्जर पछि पनि न्युनतम पूँजी नजुटाउने बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन गर्न दिने निर्णय गरेको छ । प्राधिकरणको सञ्चालक समितिले मर्जर पछि पनि निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब नपुर्याउने कम्पनीलाई जति पूँजी पुग्दैन त्यति नै बराबरको हकप्रद शेयर निष्काशन गर्न दिने भएको हो ।

NIMB

बीमा प्राधिकरणले २०७८ चैतमा जीवन र निर्जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी बढाउने निर्णय गरेको थियो । प्राधिकरणले गत चैत मसान्त भित्रमा पूँजी जुटाउन समय दिए पनि अधिकाम्स कम्पनीहरुले पूँजी नजुटाए पछि असार मसान्तसम्म समय थप गरेको थियो । असारसम्म बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन नगरी पूँजी जुटाउन निर्देशन दिएको प्राधिकरणले अव भने हकप्रद शेयर निष्काशन गर्न दिने निर्णय गरेको हो ।

यहि असार मसान्तसम्मको मुनाफा वितरण गरेर मात्रै नपुग पूँजीका लागि कम्पनीहरुले हकप्रद शेयर निष्काशनको प्रकृयाँ अगाडी बढाउन पाउने प्राधिकरणले जनाएको छ । हालसम्म जीवन बीमा तर्फ नेपाल लाइफ र हिमालयन लाइफले मात्रै जुटाएका छन् भने नेशनल लाइफले बोनस शेयर दिएर पूँजी जुटाउन सक्ने अवस्था रहेको छ ।

निर्जीवन तर्फ शिखर, सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर, आइजिआइ प्रुडेन्सियलले जुटाइसकेका छन् । बाँकी कम्पनीहरुले बोनस र हकप्रद शेयर दिएर मात्रै जुटाउन सक्ने देखिन्छ ।

जीवन बीमातर्फ मर्जरपछि बनेका सूर्यज्योति लाइफ, प्रभु महालक्ष्मी लाइफ र सानिमा रिलायन्स लाइफको चुक्ता पुँजी पुगेको छैन । निर्जीवनतर्फ पनि मर्जरपछि बनेका हिमालयन एभरेष्ट, सानिमा जीआइसी र युनाइटेड अजोडको चुक्ता पुँजी पुगेको छैन । गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार सूर्यज्योतिको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ, प्रभु महालक्ष्मीको ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ र सानिमा रिलायन्सको ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ । तोकिएको न्यूनतम ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन यी कम्पनीहरुले हाल कायम पुँजीमा क्रमशः १० प्रतिशत, १६.४  प्रतिशत र १९.५ प्रतिशत पुँजी थप गर्नुपर्ने हुन्छ । यता, हाल हिमालयन एभरेष्टको चुक्ता पुँजी २ अर्ब ३० करोड ३५ लाख रुपैयाँ, सानिमा जीआइसीको २ अर्ब रुपैयाँ र युनाइटेड अजोड इन्सुरेन्स १ अर्ब ९० करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । तोकिएको न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन यी कम्पनीहरुले हाल कायम पुँजीमा क्रमशः ८.६२ प्रतिशत, २५ प्रतिशत र ३१.२६ प्रतिशत पुँजी थप गर्नुपर्ने हुन्छ ।

एनएलजी इन्स्योन्स कम्पनी र एलआइसी इन्स्योरन्स कम्पनीले हकप्रद शेयर निष्काशन प्रकृयाँ अगाडी बढाइसकेका छन् । मर्जर पनि नगरेका र पूँजी पनि जुटाउन नसकेका निर्जीवन तर्फ प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्सको विषयमा केहि पनि निर्णय गरिएको छैन । त्यस्तै जीवन तर्फ एशियन लाइफको पूँजी बृद्धि योजना अन्योलमा परेको छ । यदि यि कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्न पाएनन् भने पूँजी जुटाउन सक्दैनन्  ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया