NIMB Header 2
Nepal Life

एआई फिचरसहित आज सार्वजनिक हुँदैछ आइफोन १६ सिरिज

National Life
  • BFIS News
  • 2024 Sep 09 12:02
एआई फिचरसहित आज सार्वजनिक हुँदैछ आइफोन १६ सिरिज
Sanima Reliance

काठमाडौं । एप्पलले आज आइफोन १६ सिरिज सार्वजनिक गर्दैछ। ‘इट्स ग्लोटाइम’ शीर्षक दिँदै आइफोन १६ सिरिज सार्वजनिक गर्न लागिएको हो।

Shikhar
NIMB

नेपाली समयअनुसार राति १०:४५ देखि​ हुने एप्पल इभेन्टमार्फत कम्पनीले आइफोन १६ सँगै ​एप्पल वाच, एयरपड्स लगायतका डिभाइस सार्वजनिक गर्ने तयारी गरेको छ।

आइफोन १६ आइओएस १८ सहित लञ्च हुनेछ। जुन एप्पलको अहिलेसम्मको इतिहासमै सबैभन्दा ठूलो अपडेट पनि हुनेछ।

आइफोन १६ मा महत्त्वपूर्ण सफ्टवेयर सुधार र नयाँ एआई सुविधाहरू समावेश हुने बताइएको छ। एप्पलले गत जुन महिनामा भएको डेभलपर कन्फ्रेन्समा एप्पल इन्टेलिजेन्स फिचरको घोषणा गर्दै नयाँ एआई प्रविधिको जानकारी दिएको थियो।  

आइफोन १६ सिरिजमा एआई फिचरका चार मोडेल आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रोम्याक्स सार्वजनिक हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्।

 

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया