NIMB Header 2
Nepal Life

सिद्धार्थ क्यापिटलले बोलायो साधारण सभा, २५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरिने

National Life
  • BFIS News
  • 2024 Sep 12 09:14
सिद्धार्थ क्यापिटलले बोलायो साधारण सभा, २५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरिने
Sanima Reliance

काठमाडौं । सिद्धार्थ क्यापिटलले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको १८० औं बैठकले १३ औं साधारण सभा असोज १८ गतेका लागि बोलाएको हो। सभा काठमाडौंको नारायणचौर नक्सालमा रहेको सिद्धार्थ क्यापिटलको कार्यालयमा दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ।

Shikhar
NIMB

सभामा कम्पनीको आर्थिक वर्ष २०८०/०८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २५ प्रतिशत करसहित नगद लाभांश प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गरिनेछ।  

यस्तै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०८०/८१ को वार्षिक प्रतिबेदनमाथि छलफल गरी पारित गर्ने आव २०८०/८१ को लेखापरिक्षणको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरिक्षण समितिले सिफारिश गरे बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

सभामा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकम पारित गर्ने र सञ्चालकहरुको भत्ता वृद्धि गर्ने प्रस्ताव समेत अनुमोदन हुनेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया