NIMB Header 2
Nepal Life

लाभांश वितरण र एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न नेपाल ल्यूब आयलले बोलायो साधारण सभा

National Life
  • BFIS News
  • 2024 Sep 12 10:11
लाभांश वितरण र एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न नेपाल ल्यूब आयलले बोलायो साधारण सभा
Sanima Reliance

काठमाडौं । नेपाल ल्यूब आयलले साधारण सभा बोलाएको छ। गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश र एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाइएको हो।

सभा असोज १८ गते याक प्यालेस पुल्चोक ललितपुरमा बिहान साढे ११ बजे बस्नेगरी बोलाइएको छ।

Shikhar
NIMB

सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने र प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपिओ) गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले एफपिओ निष्काशनपश्चात प्राप्त पूँजीको उपयोग, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। असोज २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया