NIMB Header 2
Nepal Life

असोज ३ गतेदेखि अस्थायीरूपमा धरहरा सञ्चालनमा आउने

National Life
  • BFIS News
  • 2024 Sep 13 08:11
असोज ३ गतेदेखि अस्थायीरूपमा धरहरा सञ्चालनमा आउने
Sanima Reliance

काठमाडौं । सरकारले असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवस (असोज) को अवसर पारेर अस्थायी रूपमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने र सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयलाई दिने तयारी गरेको एक मन्त्रीले जानकारी दिए।

Shikhar
NIMB

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि २०७८ वैशाख ११ गते नै धरहराको उद्घाटन गरेका थिए। त्यतिबेला धरहराको स्तम्भ निर्माण गरिसकिएको भए पनि भूमिगत पार्किङ लगायतका संरचना भने बनाउन बाँकी नै थियो।

२०७२ वैशाख १२ गतेको भूकम्पले धरहरा भत्किएको थियो। भीमसेन स्तम्भको नामले समेत परिचित धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि देख्न सकिन्छ। उक्त भग्नावशेषलाई सिसाले छोपेर सर्वसाधारणले देख्न सकिने गरी राख्ने सरकारको तयारी छ।

यसअघि ९ तले रहेकामा अहिले धरहरा २२ तले छ। लिफ्टको प्रयोग गरेर माथि जान सकिने व्यवस्था मिलाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया