NIMB Header 2
Nepal Life

इम्पेरियल सेक्युरिटिजले बोलायो साधारण सभा, लाभांश वितरणको विशेष प्रस्ताव पारित हुने

National Life
  • BFIS News
  • 2024 Sep 13 09:13
इम्पेरियल सेक्युरिटिजले बोलायो साधारण सभा, लाभांश वितरणको विशेष प्रस्ताव पारित हुने
Sanima Reliance

काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (स्टक ब्रोकर नम्बर ४५) ले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले कम्पनीको १७ औं साधारण सभा असोज १८ गते अनामनगरमा रहेको कम्पनीको मुख्य कार्यालयमा दिउँसो ३ बजे बस्नेगरी बोलाएको हो।

Shikhar
NIMB

सभामा सञ्चालक समितिको प्रस्ताव बमोजिमको २०८१ असार मसान्तमा कायम चुक्ता पूँजीमा २५ प्रतिशत बोनश सेयर तथा सो मा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ।

यस्तै बोनश सेयर वितरणपश्चात सोही हदसम्म कायम हुने गरी चुक्तापूँजी वृद्धि अद्यावधिक गर्न प्रबन्ध पत्र तथा नियमावली संसोधन गर्ने र यस सम्बन्धमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित हुनेछ।  

यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८०/०८१ को लेखा परीक्षकको प्रतिवेदन, २०८१ साल असार मसान्तको वासलात, आर्थिक बर्ष २०८०/०८१ को नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने र आव २०८१/०८२ को लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया