NIMB Header 2
Nepal Life

जलन रोगको उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने स्वास्थ्यमन्त्रीको घोषणा

Muktinath Bank
  • BFIS News
  • 2024 Sep 13 15:39
जलन रोगको उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने स्वास्थ्यमन्त्रीको घोषणा
National Life

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन रोगको उपचारका लागि पनि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग सरकारले उपलब्ध गराउने व्यवस्था गर्ने बताए।

Shikhar
NIMB

सरकारले क्यान्सर, किड्नीलगायतका प्राणघातक रोगका बिरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अब जलनका बिरामीलाई पनि त्यो व्यवस्था तत्काल उपलब्ध गराउने मन्त्री पौडेलको प्रतिबद्धता थियो ।

उनले उपचारको अभावमा जलन रोगीहरुको ज्यान जाने गरेकाले सरकारले त्यस्ता रोगीहरुको उपचारका लागि सो केन्द्र स्थापना गरेको बताए। मन्त्री पौडेलले जलन रोगीको उपचारमा पनि आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको समेत जानकारी दिए ।

उनले भने, ‘आम नागरिकले जलन उपचारका निम्ति सुविधा पाउने एउटा स्थिति वीर अस्पतालमा बनेको छ । खासगरी बाहिरबाट हेर्दा जलन उपचार नपाएर, उपचार गर्न नसकेर मृत्यु हुनेहरु पनि थुप्रै हुनुहुन्छ । जीवनभर शारीरिक अपांगता व्यहोर्नुपर्नेहरु पनि थुप्रै हुनुहुन्छ । यो एउटा एक्सिडेन्टल समस्या हो । यो जानेर हुने कुरा होइन । त्यसकारण यसको उपचारलाई प्राथमिकतामा राखिनुपर्छ भनेर हामीले मन्त्रालय सम्हालेदेखिनै ८ वटा रोगमा राज्यले जुन सुविधा दिएको छ । योसमेत ९ वटा रोगका लागि उपचार सुविधा दिनेगरी तयारी भइरहेको छ । आज वीर अस्पतालमा वर्न वार्डमा डेडिकेटेड ट्रिटमेन्ट सेन्टर बनेको छ । अब यो भएपछि म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु कि जलन उपचारमा सहायता हुने गरी सरकारकोतर्फबाट एक लाख रुपैयाँ दिने व्यवस्था हामी तत्काल मिलाउनेछौँ ।'

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया