Nepal Life

आइफोन क्रेज : पहिलो पटक कसरी बन्यो, कहाँबाट आएको थियो 'आइडिया'?

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sat 09:41
आइफोन क्रेज : पहिलो पटक कसरी बन्यो, कहाँबाट आएको थियो 'आइडिया'?
Sanima Reliance

अन्तर्राष्ट्रिय प्रविधि कम्पनी एप्पलले सेप्टेम्बर ९ मा आफ्नो १६ औं सिरिजको आइफोन लन्च गरेको छ। एप्पलले यो नयाँ सिरिजमा धेरै नयाँ फिचर पनि थपेको छ।

एप्पलको नयाँ १६ सिरिजमा आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्समा चारवटा मोबाइल लन्च गरेको छ।

NIMB

विश्वभरका बजारमा आइफोनको माग निकै बढेको छ । इन्टरनेटको बढ्दो माग र खपतसँगै नेपाली बजारमा पनि स्मार्टफोनको क्रेज बढेको छ, नेपालमा पनि आइफोन लञ्चलाई निकै उत्सुकताका साथ हेर्ने गरिन्छ।

पहिलो आइफोन कसरी बनाइयो?

सन् १९७६ मा स्टिभ जब्स र उनका व्यापार साझेदार स्टिभ वोज्नियाक र रोनाल्ड वेनले मिलेर एप्पल कम्पनीको स्थापना गरेका थिए । एप्पल सन् १९८० मा १.८ अर्ब अमेरिकी डलरका साथ बजारमा प्रवेश गरेको थियो।

त्यस वर्ष नोभेम्बरमा, स्टिभ वोज्नियाक र स्टिभ जब्सको ओरिजिनल एप्पल कम्प्युटर अमेरिकामा भएको लिलामीमा ४ लाख अमेरिकी डलरमा बिक्री भएको थियो।

आइपडका 'गडफादर' भनेर चिनिने टोनी फडेलले पहिलो आइफोन निर्माणको कथा सुनाएका थिए। उनले आइपडलाई अझ राम्रो बनाउन सकिन्छ भन्ने सोच आएको बताएका थिए।

उनले पहिलो आइफोनको प्रोटोटाइप हराएको कथा सुनाए। उनी हवाई यात्रा गर्दै थिए तर विमानबाट ओर्लेर खल्तीमा हात हालेपछि उनी अतास्सिए किनकी फोनको प्रोटोटाइप नै हराएको थियो।

टोनी फेडेल सोचिरहेका थिए कि उनले अब स्टीव जब्सलाई के जवाफ दिने भनेर, यद्यपि उनलाई थाहा थिएन कि आइफोन पछि गएर यति सफल उत्पादन हुनेछ भन्ने। उनको खल्तीबाट खसेको प्रोटोटाइप विमानको दुई सिटको बीचमा भेटियो, जहाँ टोनी बसेका थिए।

यो त्यतिबेलाको समय थियो जब माइक्रोसफ्ट जस्ता कम्पनीहरूले फोनमा व्यक्तिगत कम्प्युटरहरू एकीकृत गर्ने प्रयास गरिरहेका थिए। जहाँ एप्पलले आइपडलाई सुधारेर फोनको आकार दिने प्रयास गरिरहेको थियो।

त्यतिबेला एप्पलले म्याकिन्टोस कम्प्युटरमा काम गरिरहेको थियो । त्यतिबेला कम्प्युटरको साइज पिङपङ् टेबलजस्तो थियो। स्टीवले टोनीलाई त्यसलाई टचस्क्रिन आइपडजस्तोमा ल्याउन चाहेको बताएका थिए।

टोनी भन्छन्, 'यसका लागि सयौं व्यक्तिको आवश्यकता थियो तर अन्ततः हामी यो गर्न सफल भयौं।'

एप्पलमा महान् व्यक्तिहरू थिए तर उनीहरूसँग फोन बनाउने सीप थिएन, त्यसैले टोनीले संसारका उत्कृष्ट विशेषज्ञहरूलाई भेट्ने विचार गरे।

तर जब उनी स्वीडेनको एक रेस्टुरेन्टबाट अर्को टोलीसँग डिनर गरेर फर्किएका थिए, उनले आफ्ना सबै सामानहरू हराएको थाहा पाए। उनी भन्छन्, 'हामीलाई थाहा थियो यो प्रतिद्वन्द्वी कम्पनीले गरेको हो।'

त्यसबेला फोनमा किबोर्ड राख्ने वा नराख्ने भन्ने विषयमा पनि बहस सुरु भएको थियो । जसका कारण टोलीभित्र ठूलो तनाव उत्पन्न भएको थियो ।

स्टीभ आइफोनमा टचस्क्रिन भएको चाहन्थे, तर बाँकी टोली यसको विरुद्धमा थियो। अन्तत: निराश भएर एक दिन स्टीभ जब्सले स्पष्ट रूपमा भने- 'जो टचस्क्रिनको विरुद्धमा छन् उनीहरूले टोली छोड्नुपर्छ।'

त्यतिमात्रै होइन त्यसको स्टाइललाई लिएर पनि मतभेदहरू थिए, यद्यपि टोलीले स्टीवबाट गोप्य राख्दै धेरै काम यसमा गर्‍यो।

सन् २००७ मा सान फ्रान्सिस्कोमा भएको वार्षिक म्याकवर्ल्ड एक्सपोमा एप्पलका मालिक स्टिभ जब्सले जब पहिलो आइफोन लन्च गरे यसलाई लिएर मजाक र हासो बनाइयो।

एप्पलको पहिलो आइफोनमा टचस्क्रिन, वाइडस्क्रिन आइपड, मोबाइल फोन र इन्टरनेट ब्राउजर जस्ता सुविधाहरू थिए। सीएनएनका अनुसार, लन्च गर्ने क्रममा स्टिभ जब्सले भनेका थिए, "म विगत साढे दुई वर्षदेखि यो दिनको प्रतिक्षामा थिएँ।"

पहिलो आइफोनको मूल्य ३९९ अमेरिकी डलर राखिएको थियो। यो आइफोनमा १६ जीबी मेमोरी, ३.५ इन्चको टचस्क्रिन र २ मेगापिक्सेल क्यामेरा जस्ता विशेषताहरू थिए।

स्टिभ जब्सलाई आइफोन बनाउने आइडिया कहाँबाट आयो ?

सन् २०१० मा डी -८ सम्मेलनमा दिइएको एक अन्तर्वार्तामा स्टिव जब्सले आफू पहिले ट्याब्लेट बनाउने योजनामा ​​काम गरिरहेको बताएका थिए। उनले उक्त समयमा किबोर्डबाट कसरी छुटकारा पाउँदै मल्टिटच स्क्रिनमा टाइप गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित रहेर काम गरेको बताएका थिए।

यसका लागि उनले आफ्नो टोलीसँग भने 'के हामी मल्टिटच डिस्प्ले बनाउन सक्छौं, जसले गर्दा हामी किबोर्ड टाइपिङबाट छुटकारा पाउन सक्छौं?'

स्टिभ जब्सले अन्तर्वार्तामा भनेका थिए, "लगभग ६ महिना पछि, मेरो टोलीले मलाई मल्टिटच डिस्प्लेको बारेमा बोलायो र उनीहरूले मलाई प्रोटोटाइप डिस्प्ले देखाए। मैले यो मेरो एक युआइ सहकर्मीलाई दिएँ। उसले मलाई केहि हप्ता पछि कल गर्यो। मैले उसलाई रबर ब्यान्ड र केहि अन्य चीजहरू मार्फत स्क्रोल गरेको देख्दा मलाई लाग्यो कि हामीले ट्याब्लेटको सट्टा फोन बनाउन सक्छौं। "

उनले भने, "यसपछि मैले ट्याब्लेट प्रोजेक्टलाई अलग राखें किनभने फोन बढी महत्त्वपूर्ण थियो। त्यसपछि हामीले केही वर्ष आइफोनमा समर्पित गर्यौं। अब अरु योजनामा पनि ​​काम गर्न सकिन्छ है भन्ने महसुस भएपछि ट्याब्लेट आयोजनाको काम फेरि सुरु गर्‍यौं।"

आइफोन बाहेक एप्पलले अरू के-के बनाउँछ?

एप्पलको सुरुवात कम्प्युटर बनाउन कामबाट भएको थियो। कम्पनीले आफ्नो पहिलो ल्यापटप सन् १९९१ मा सार्वजनिक गरेको थियो । यसपछि कम्पनीले आफ्नो पहिलो म्याकबुक सन् २००६ मा लन्च गर्यो।

यसबाहेक एप्पलले आईप्याड, आइफोन, स्मार्टवाच, इयरपड्स, भिजन र यी उपकरणहरूसँग सम्बन्धित सामानहरू बनाउँछ।

एप्पलले आफ्नो पहिलो आईप्याड २०१० मा, स्मार्टवाच २०१५ मा, इयरपड्स २०१६ मा र भिजन २०२४ मा लन्च गरेको थियो। हाल एप्पलले एप्पल इन्टिलेजेन्स पनि लञ्च गरिसकेको छ।

किन सुरक्षित मानिन्छ आइफोन?

स्मार्टफोनको संसारमा आइफोनलाई सबैभन्दा सुरक्षित मानिन्छ। यसका धेरै कारण छन्।

कम्पनीको आधिकारिक वेबसाइटका अनुसार आइफोनहरूमा 'सेक्युरिटी चेक' जस्ता सुविधाहरू समावेश छन्, जसले प्रयोगकर्ताको व्यक्तिगत जानकारी साझा गर्नबाट रोक्छ। यद्यपि, यो सुविधा आईओएस १६ वा पछि चल्ने आइफोनहरूमा मात्र उपलब्ध छ।

'सेक्युरिटी चेक' अन्तर्गत आइफोनमा केही यस्ता एपहरू उपलब्ध छन् जसले व्यक्तिगत जानकारीलाई सेयर हुनबाट जोगाउँछ।

आइफोनमा 'सेक्युरिटी चेक' सुविधा प्रयोग गर्न प्रयोगकर्तासँग एप्पल आईडी हुनुपर्छ, जसले 'टु फ्याक्टर अथेन्टिकेशन' को प्रयोग गर्नेगर्छ।

आइफोन चोरी भएमा वा हराएमा आइफोनमा एक विशेष सुविधा पनि छ जसले प्रयोगकर्ताको जानकारीलाई गोप्य राख्छ। यसबाहेक ह्याकिङ भाइरस वा साइबर आक्रमणबाट जोगाउन मोबाइलमा फिचरहरू पनि उपलब्ध छन्, जसले आइफोनलाई अझ सुरक्षित बनाउँछ।

आइफोनलाई लिएर प्रयोगकर्तामा एक अर्कै किसिमको क्रेज देखिन्छ। जसका कारण धेरै पटक प्रयोगकर्ताहरूले धेरै महँगो मूल्य तिरेर पनि आइफोन किन्न रुचाउँछन्।

गत वर्ष (२०२३) पहिलो मोडलको आइफोन (२००७ मोडल) किन्न एक व्यक्तिले १९०३७२ अमेरिकी डलर खर्च गरे। यस आइफोनको विशेषता यो थियो कि यो पहिलो ४ जीबी मोडलको आइफोन थियो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया