NIMB Header 2
Nepal Life

सिइडिबी हाइड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा असोज २१ गते

National Life
  • BFIS News
  • 2024 Sep 15 08:18
सिइडिबी हाइड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा असोज २१ गते
Sanima Reliance

काठमाडौं । सिइडिबी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७९/८० र २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको हो।
 

Shikhar
NIMB

सेयरधनीहरुलाई दुई आर्थिक वर्षको लागि चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर (करबाहेक) जारी गर्ने निर्णयको विशेष प्रस्ताव पारित गर्न साधारण सभासमेत बोलाइएको छ। सभा आगामी असोज २१ गते कालिमाटीमा रहेको कालिमाटी व्याङ्क्वेटमा बिहान १० बजे बस्नेछ।

बोनस सेयर जारी गरेपश्चात् कायम हुने चुक्ता पूँजीको ५४.५ प्रतिशत (१:०.५४५) हकप्रद सेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नियमक निकायहरूको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरूमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।  

यस्तै सञ्चालक समितिको आव २०७९/८० र आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आव २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी अनुमोदन गर्ने, आव २०८०/८१ को लागि नियुक्त लेखा परिक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने आव २०८१/८२ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ७ गते बुक क्लोज गर्ने भएको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया