Nepal Life

नेपाल वेयरहाउजिङको घाटा ८ करोड, कस्ता छन् अन्य वित्तीय विवरण?

NMB Bank
  • BFIS News
  • 2024 Sep 18 08:42
नेपाल वेयरहाउजिङको घाटा ८ करोड, कस्ता छन् अन्य वित्तीय विवरण?
United Ajod

काठमाडौं । नेपाल वेयरहाउजिङको घाटामा वृद्धि भएको छ। वेयरहाउजिङको घाटा ९४.९६ प्रतिशतले बढेको हो। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ८ करोड ३० हजार रुपैयाँ घाटा भएको छ।  गत आर्थिक वर्षको सोही अवधिसम्म भने कम्पनीको घाटा ४ करोड १० लाख थियो।  

Shikhar
Nepal Life
NIMB

समीक्षा अवधिमा कम्पनीको आम्दानी भने ३५७.४५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले यो अवधिसम्म १ करोड ४८ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ। कम्पनीले यो अवधिसम्म ९३ लाख १६ हजारबराबरको प्रत्यक्ष खर्च, कर्मचारीका लागि १ करोड ४२ लाख र अन्य सञ्चालनका लागि १ करोड खर्च गरेको छ।

यस्तै कम्पनीले ३ करोड ३१ लाख रुपैयाँबराबरको वित्त खर्च गरेको छ । जुन अघिल्लो आवसम्म ८० लाख ९४ हजार रुपैयाँमा सीमित थियो ।

कम्पनीको कुल चालु सम्पत्ति १२ करोड ४० लाख र कुल चालु दायित्व ४ करोड २६ लाख रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ६८ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११.६४ रुपैयाँ ऋणात्मक, मूल्य आम्दानी अनुपात ७७.१४ गुणा र प्रतिसेयर नेटवर्थ ८८.४६ रुपैयाँ कायम भएको छ ।

कम्पनीका अनुसार पुँजीगत कार्य भईरहेको सम्पतिमा विगतका तीन त्रैमासिक आर्थिक विवरण तयार गर्दा ब्याज खर्चलाई पुँजीकरण हुनुपर्नेमा नाफा नोक्सानीको हिसाबमा खर्च लेखिएकोले उक्त खर्चलाई यस त्रैमासिक ( असार) विवरणमा आवश्यक समायोजन गरिएको छ।

विगत तीन त्रैमासिक विवरणमा सञ्चालनमा नआएका साइलो तथा सम्बन्धित उपकरणहरूमा ह्रास खर्च लिदाँ नाफा नोक्सानी हिसाबमा देखिएकोमा उक्त रकमलाई यस त्रैमासिक आर्थिक विवरणमा आवश्यक समायोजन गरिएको कम्पनीले जनाएको छ ।

 

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया