NIMB Header 2
Nepal Life

२५ प्रतिशत लाभांश वितरणको प्रस्तावसहित सिद्धार्थ क्यापिटलले बोलायो साधारण सभा

National Life
  • BFIS News
  • 2024 Sep 18 10:09
२५ प्रतिशत लाभांश वितरणको प्रस्तावसहित सिद्धार्थ क्यापिटलले बोलायो साधारण सभा
Sanima Reliance

काठमाडौं। सिद्धार्थ क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Shikhar
NIMB

गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लाभांश पारित गर्न कम्पनीले असोज १८ गते दिउँसो साढे ३ बजे नारायणचौर नक्साल काठमाडौंमा १३ औँ वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ। साथै सञ्चालक समितिको निर्वाचन गर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया