Nepal Life

बीमा कम्पनीहरुलाई एनएफआरएस १७ कार्यान्वयनका लागि तयारी गर्न प्राधिकरणको निर्देशन, सरोकारवाला सँग अन्तर्क्रिया

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Thu 13:06
बीमा कम्पनीहरुलाई एनएफआरएस १७ कार्यान्वयनका लागि तयारी गर्न प्राधिकरणको निर्देशन, सरोकारवाला सँग अन्तर्क्रिया
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार काठमाडौंमा नेपाल वित्तीय प्रतिवेदन मान–१७ (NFRS -17) कार्यान्वयनका लागि आवश्यक तयारी लगायतका विषयमा लेखासम्बन्धी नियामक निकाय तथा सरोकारवालाहरूसँग छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

NIMB

आगामी २०८२ साल साउन १ गतेदेखि बीमा क्षेत्रमा पूर्णरूपमा कार्यान्वयनमा आउनलागेको NFRS -17 को कार्यान्वयनका लागि बीमा कम्पनीहरूले गर्नुपर्ने तयारी, नियामक निकायहरूको भूमिका, जनशक्ति तथा नविनम् प्रविधिको प्रयोग लगायतका विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले आगामी २०८२ साल साउन १ गतेदेखि NFRS -17 कार्यान्वयन गर्नुपर्ने भएकाले अहिलेदेखि नै यसलाई गम्भिरतापूर्वक लिई आवश्यक तयारी गर्नुपर्ने बताए ।

अध्यक्ष सिलवालले भने, “NFRS -17 कार्यान्वयन गर्न कठिनाई भए पनि कार्यान्वयन गर्नु पर्छ, गर्न सकिन्छ, यसका लागि मार्गनिर्देश बनाएर अगाडि बढ्नुपर्छ, नियामक निकायहरू सहयोग गर्न तयार छन् ।”

अध्यक्ष सिलवालले NFRS -17 कार्यान्वयनमा सहयोग गर्न प्राधिकरणको संयोजकत्वमा लेखासम्बन्धी नियामक निकायहरूका यससम्बन्धी विज्ञहरू रहेको समिति गठन गर्नु आवश्यक रहेको उल्लेख गर्दै त्यसमा सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताए ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष प्रवीण कुमार झाले बीमा क्षेत्रमा NFRS -17 कार्यान्वयनका लागि ICAN बाट सूचना आदान प्रदान लगायत पूर्णरूपमा सहयोग हुने जानकारी दिए ।

लेखापरीक्षणमान बोर्ड (AUSB) का अध्यक्ष अनुप कुमार श्रेष्ठले लेखापरीक्षणको गुणस्तर अभिवृद्धिका लागि विद्यमान जनशक्तिको क्षमता अभिवृद्धि र गुणस्तरीय जनशक्तिलाई आकर्षण गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

लेखामान बोर्ड (ASB) का अध्यक्ष प्रकाशजंग थापाले आगामी आर्थिक वर्षदेखि NFRS -17 कार्यान्वयन गर्नका लागि ठोस कार्ययोजनाका साथ समयमैं काम शुरू गर्नुपर्ने आवश्यकता औंल्याए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुंगेल अधिकारीले NFRS, RBC, RBS र ORSA को  कार्यान्वयनबाट बीमा क्षेत्र थप सबल, विश्वसनीय, पारदर्शी र जवाफदेही हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, लेखापरीक्षणमान बोर्ड र लेखामान बोर्डका पदाधिकारी, नेपाल बीमक संघ र नेपाल जीवन बीमक संघका अध्यक्ष तथा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा वित्त विभाग प्रमुखहरूको सहभागिता रहेको  थियो ।

बीमा क्षेत्रमा आगामी २०८२ साल साउन १ गतेदेखि NFRS -17 पूर्णरूपमा कार्यान्वयनमा आउने र बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२र८३ देखि NFRS -17 मा आधारित वित्तीय विवरण तयार गर्नुपर्ने व्यवस्था रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया