Nepal Life

सरकार परिवर्तनको हल्ला चलाएर तल झारिएको शेयर बजार बढाउन अर्थमन्त्री पौडेल आफै उत्रिए मैदानमा, बढ्ला त ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Thu 14:42
सरकार परिवर्तनको हल्ला चलाएर तल झारिएको शेयर बजार बढाउन अर्थमन्त्री पौडेल आफै उत्रिए मैदानमा, बढ्ला त ?
Sanima Reliance

काठमाडौं । सरकार परिवर्तनको हल्ला सँगै तल झारिएको शेयर बजार बढाउन अर्थमन्त्री विष्णु प्रसाद पौडेल आफै मैदानमा उत्रिएका छन् । पौडेलले विहीबार नेपाल स्टक एक्सचेन्जको कार्यालयमै गएर बजार किन घट्यो भन्दै सबैलाई प्रश्न गरेका थिए । उनले नेप्सेका पदाधिकारीहरु सँग शेयर बजारका विषयमा राम्रै छलफल पनि गरे ।

NIMB

बुलिस अर्थमन्त्रीका रुपमा परिचित पौडेल अर्थमन्त्री हुने चर्चाले पनि बजारमा तरङ्ग आउने गरेको छ । यस पटक पनि उनि अर्थमन्त्री भए पछि शेयर बजारमा एक हजार अंक भन्दा धेरैले सुधार भयो । यस क्रममा प्रधानमन्त्री केपि शर्मा ओलीले शेयर बजारले अहिलेसम्मकै अधिकतम विन्दु ३२ सय कटेको दिन केक काट्ने घोषणाले लगानीकर्ता अझ धेरै हौसिएका थिए ।

तर बजार ३ हजार भन्दा माथि जान सकेन । लगानीकर्ताले लगातार एक हजार अंक भन्दा धेरैको सुधारमा करेक्सन भएको होला भन्दै आफ्नो अलि अलि भएको रकम पनि बजारमा लगानी गर्दै गए । तर बजार सम्हालिनुको सट्टा दिन दिनै घट्दै जादा २५७६ अंकसम्म तल झरिसकेको छ । यस अवधिमा ४२५ अंकले घट्दा अगभग यस अवधिमा लगानीकर्ताले ठुलो पोर्टफेलियो गुमाउनु परेको छ । दैनिक ३० अर्बको कारोबार भइरहेको बजारमा अहिले ५/६ अर्बमा सिमित छ ।

अर्थमन्त्रीले बुधबार नेप्सेमा पुगेर ३००० पुगेको नेप्से अहिले २५०० मा झरेको भन्दै कारण खोजी गरे । नयाँ सरकार बनेपछि शेयर बजार उच्च अंकले बढेको भएपनि अहिले बजार निरन्तर घटेको भन्दै चासो व्यक्त गरे । "३००० विन्दुमा पुगेको नेप्से अहिले फेरि किन घटेर २५०० मा झर्यो। म जवाफ खोज्न आएको हुँ," नेप्से पुगेर पौडेलले भने।

पौडेलले ३० अर्बसम्म पुगेको कारोबार रकम समेत घटेर ५ अर्बमा झरेकोमा समेत चिन्ता व्यक्त गरेका थिए । सरकार पूँजी बजारको दिगो विकासको पक्षमा रहेको भन्दै अब आवश्यक कदम चाल्न ढिला गर्न नहुने समेत उनले बताए। पौडेलले बजारमा हुने इन्साइर ट्रेडिङ, कर्नरिङ लगायतका गलत क्रियाकलापलाई समेत नेप्सेले निगरानी गर्नुपर्ने बताएका थिए ।

जव परराष्ट्रमन्त्री तथा देउवा पत्नी आरजु राणा भारतीय भ्रमण सकाएर नेपाल आइन सत्ता साझेदार एमाले ससंकित बन्यो । सत्ता साझेदार एमाले कार्यकर्ताले नै सरकार ढल्न लागेको भन्दै हल्ला गर्न भ्याए । यतिवेला कपि ओली पनि सरकार ढल्ने चिन्तामा थिए ।

जवकी नेपाली कांग्रेसले यो विषय केवल हल्ला मात्रै भएको भन्दै आइरहेको छ । स्वयमं राणाले पनि सञ्चार माध्यममा संका नगर्न अनुरोध गर्दै आइरहेको थिइन् । यस विचमा हिजो विहीबार सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्यो । यसरी न्यूनतम साझा कार्यक्रम जारी हुनु भन्दा अगाडी अर्थमन्त्री नेप्से पुग्न बजार किन नबढेको भन्दै प्रश्न गर्नुले उनि आफै बजार बढाउन मौदानमा उत्रिएको भान हुन्छ ।

सार्वजनिक साझा कार्यक्रममा अर्थतन्त्र चलायमान बनाउने विषय उल्लेख छ। जसका लागि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट र त्यसले सिर्जना गरेको सीमालाई समेत ध्यानमा राख्दै सुधारका हरसम्भव उपाय अबलम्बन गरिने उल्लेख छ।

पुँजी बजारप्रतिको आम नागरिकको बढ्दो आकर्षणलाई ध्यानमा राखी नियामक निकायको संस्थागत प्रभावकारिता र पारदर्शितालाई सुदृढ गरी लगानीकर्ताको लगानी सुरक्षित गरिने, आन्तरिक, वाह्य र गैरआवासीय नेपालीहरु समेतको लगानी वृद्धि गर्न नीतिगत, कानुनी र संरचनागत सुधार गर्दै लगानीमैत्री वातावरण निर्माण गरिने, लगानी वृद्धिका लागि विकास फाइनान्सिङका समय सापेक्ष वित्तीय ढाँचाहरु उपयोगमा ल्याइने, राष्ट्रिय आवश्यकता, सार्वजनिक ऋणको अवस्था, शर्तहरु लगायत पक्षलाई ध्यानमा राखेर वाह्य आर्थिक सहायता र ऋण परिचालन गरिने विषय पनि उल्लेख छ।

सरकार गठन भएको २ महिना पछि साझा कार्यक्रम ल्याउनुले पनि विगतमा केहि मतभेद रहेको संका गर्न सकिन्छ । र अहिले आएर साझा कार्यक्रम आउनुलाई अव तत्कालका लागि सरकार परिवर्तन हुने अवस्था पनि टरेको विश्लेषण गर्न सकिन्छ । यस अवधिमा कतिपयले यो सरकार दशैसम्म मात्रै रहने चर्चा गर्न भ्याएका छन् ।

अहिलेको सत्ता साझेदारका लागि अर्को सरकार गठन गर्न त्यति सहज छैन । विगत दुई वर्ष माओवादीको रबैयालाई झलेका दुई पिडित राजनीतिक दलले तत्काल अर्को गठबन्धन बनाउने अवस्था पनि छैन । अन्तर्राष्ट्रिय शक्तिले नचाहेर राजनीतिक समिकरणमा परिवर्तन आएमा अर्कै कुरा होइन भने गृह मैदानकै भरमा सरकार परिवर्तन हुने अवस्था अहिले छैन ।

यदि सरकार परिवर्तन नहुने कुरा प्रमाणित भयो अथाव यस्ता हल्लाहरुको विषयमा क्लियर भयो भने शेयर बजारले अर्को बुल र्याली तय गर्नेमा कुनै शंका छैन । अहिले पनि बजारमा ठुला लगानीकर्ता प्रवेश गरिसकेका छैनन् । आर्थिक मन्दीका कारण व्यापार व्यवसाय राम्रो बन्न सकेको छैन ।

नयाँ लगानीका ढोका खुलिसकेका छैनन् । बैंकमा कर्जाको माग ठप्प जस्तै छ । बैंकहरुले कर्जालाई वासिङ मात्रै गरेर बसेको हुँदा ग्राउण्ड रियालिटी अर्कै छ । तर अर्थतन्त्रको पनि चक्र हुन्छ । कुनै न कुनै समयमा गएर अर्थतन्त्रमा सुधार आउने भएकाले दोस्रो बजारका लगानीकर्ता केहि हौसिएका पक्कै छन् ।  

अपरिपक्व प्राविधिक विश्लेषणको भरमा लगानीकर्ता डुबानमा

प्राविधिक विश्लेषकले बजारको मनोबृत्तीलाई देखाउछ । जव जव बजार लगातार सुधार हुन थाल्छ यसले कहिल्लै पनि बजार बढ्न नसक्ने गरि विश्लेषण गरिदिन्छ । अनि जव जव बजार घट्न थाल्छ मानौ कि अव बजार कहिल्लै बढ्नै सक्दैन भनेर विश्लेषण गरिदिन्छ । यसले गर्दा लगानीकर्ता नराम्रो सँग फस्न पुग्छन् ।

बजार बढेर अधिकतम विन्दु कायम गर्ने तरखरमा हुन्छ त्यतिवेला प्राविधिक विश्लेषणले बजार अझ यति माथि पुग्ने विश्लेषण गरिदिन्छ । यहि समयमा लगानीकर्ता फस्न पुग्छन् । शेयर बजारमा कमाउने हो भने बजार सबैभन्दा तल्लो विन्दुमा पुगेको समयमा खरिद गर्न सक्नु पर्छ । तर प्राविधिक विश्लेषणले बजार अझै घट्ने विश्लेषण गरिदिन्छ । अनि लगानीकर्ताले हेर्दा हेर्दै बजार तल्लो विन्दुमा पुगेर माथि पुगिसकेको हुन्छ । जहाँ पनि लगानीकर्ता हेरेको हेरेइ हुन्छन् । यसरी अपरिपक्व प्राविधिक विश्लेषणले पनि मै हुँ भन्ने लगानीकर्तालाई डुबाइदिएको छ ।

लगानीकर्ता भन्दा ट्रेडर हाबी

पछिल्ला दिनमा जुन किसिमले बजार बढ्यो र घट्यो यसको प्रमुख कारण बजारमा ट्रेडरको हाबी भएर हो । ट्रेण्डरले नाफा हुने देख्यो भने जति पनि पैसा बजारमा खन्याउछ । साथै घाटा हुने देख्यो भने घाटामै बिक्री गरेर बाहिरिन्छ । जसले गर्दा बजार जुन रफ्तारमा बढिरहेको थियो त्यतिवेला कारोबार रकम ३० अर्बसम्म पुग्यो । साथैमा करेक्सन सुरु हुने वित्तीकै बिक्री गरेर बाहिरिने हाबी हुँदा कारोबार रकम एक्कै पटक ५ अर्बमा झर्यो ।

ट्रेण्डर अझै पनि बजारको तल्लो विन्दु कुरेर बसिरहेका छन् । साथ साथै बजार घट्दा पनि उनिहरुले थोरै थोरै गरेर शेयर भने उठाइरहेका हुन्छन् । जब बजार बढ्न थाल्छ त्यस पछि उनिहरुको कारोबार क्षमता भन्दा माथि जान थाल्छ । यसमा ब्रोकरले सबैभन्दा धेरै साथ दिन्छन् । बजार बढ्ने कन्फिडेन्स हुँदा ब्रोकरले पनि लिमिट भन्दा माथि कोल्याट्रल राखिदिन्छन् । जति धेरै कारोबार भयो ब्रोकरलाई त्यतिबढि फाइदा हुन्छ ।

जव बजारमा घट्ने संकेत देखिन्छ उनिहरुले नै कोल्याट्रल झिकिदिन्छन् । यस पछि बजारमा डिम्याण्ड क्रियट हुन सक्दैन । बजार झन् तल झर्छ । ब्रोकर र ट्रेडरको छिटो कमाउने दाउले पनि अहिले बजारमा धेरै अस्थिरता देखिन् सकिन्छ ।   

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया