Nepal Life

प्रत्येक नेपालीको थाप्लोमा ८६ हजार रुपैयाँ ऋण, दुई महिनामै थपियो साढे ९४ अर्ब

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Fri 08:32
प्रत्येक नेपालीको थाप्लोमा ८६ हजार रुपैयाँ ऋण, दुई महिनामै थपियो साढे ९४ अर्ब
Sanima Reliance

काठमाडौं। चालु आर्थिक वर्षको दुई महिनामा साढे ९४ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनअनुसार गत साउन र भदौमा मात्र सार्वजनिक ऋण ९४ अर्ब ५२ करोड रुपैयाँ थपिएको हो ।

अब तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा करिब ८६ हजार रुपैयाँ बराबर पर्न आउँछ।

NIMB

हालसम्म तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ४९ र बाह्य ५१ प्रतिशत छ । उक्त अवधिमा आन्तरिक ऋण १२ खर्ब ३६ अर्ब र बाह्य ऋण १२ खर्ब ९२ अर्ब रुपैयाँ छ।

राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्षमा जीडीपी ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।

महालेखा नियन्त्रकको कार्यालय अनुसार गत दुई महिनामा ३९ अर्ब ६७ करोड २२ लाख वित्तीय व्यवस्थामा खर्च भएको छ । यसमध्ये अधिकांश रकम सार्वजनिक ऋणको साँवा भुक्तानी भएको हो ।

‘चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखिएकामा गत भदौ मसान्तसम्ममा थप एक खर्ब ४ अर्ब ५ करोड ऋण प्राप्त भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति १९.०२ प्रतिशत, आन्तरिक ऋण २७.२७ प्रतिशत र बाह्य ऋण ६.४८ प्रतिशत छ।’

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया