Nepal Life

एसियाली देशका निक्षेप तथा कर्जा सुरक्षण संस्थाहरूको भेला नेपालमा हुँदै

NMB Bank
  • BFIS News
  • 2024 Sep 20 08:37
एसियाली देशका निक्षेप तथा कर्जा सुरक्षण संस्थाहरूको भेला नेपालमा हुँदै
United Ajod

काठमाडौं। नेपालमा एसियाका विभिन्न १६ वटा देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला हुने भएको छ ।

शुक्रबारदेखि राजधानीमा सुरु हुने एसियाली देशका सुरक्षण संस्थाहरूको सम्मेलन (एसिक कन्फ्रेन्स) मा ती देशका सरकारी निकाय सहभागी हुने भएका छन् । ३६ औँ एसिक सम्मेलन नेपालले ३० वर्षपछि गर्न लागेको हो । सम्मेलन सोमबारसम्म चल्ने छ ।

Shikhar
Nepal Life
NIMB

निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१ औँ वार्षिकोत्सव एवं एसिक सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण निकायले आआफ्नो देशको अनुभवसहित यस क्षेत्रका समसामयिक विषयमा सरोकारवालाबिच शुक्रबार गहन छलफल गर्ने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए। यस पटक सम्मेलनमा नवप्रवर्तनको विषयलाई प्राथमिकतामा राखिएको उनले बताए। “आफ्नो नयाँ सोचलाई समेत धितोमा राखेर कर्जा लिन सकिन्छ भन्ने सन्देश दिने कोषको प्रयास छ,” उनले भने।

सम्मेलनमा नेपाल, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानलगायत १६ देशका सुरक्षण संस्थाको सहभागिता रहने छ । सम्मेलनमा छलफल सत्रलाई नेपालमा बहस गर्ने परम्परागत शैलीमा प्रदर्शन गर्ने कोषको तयारी छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया