NIMB Header 2
Nepal Life

राहुल चौधरी पाँचौं पटक ‘होटेलियर पावर लिस्ट’ मा

National Life
  • BFIS News
  • 2024 Sep 21 04:22
राहुल चौधरी पाँचौं पटक ‘होटेलियर पावर लिस्ट’ मा
Sanima Reliance

काठमाडौं । सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी लगातार पाँचौं वर्ष प्रतिष्ठित ‘होटेलियर पावर लिस्ट २०२४’ मा सूचीकृत भएका छन् । होटेलियर इन्डियाले हालै सार्वजनिक गरेको यो सूचीमा विश्वका अग्रणी होटल चेनका नेतृत्वकर्ताहरू समावेश छन् ।

Shikhar
NIMB

होटेलियर पावर लिस्ट मा समावेश हुनु भनेको विश्व आतिथ्य उद्योगमा उल्लेखनीय योगदान पुर्याएको मान्यता हो । यस सूचीमा ओबरोय होटल्स, ह्यात, हिल्टन, आईएचजी, म्यारियोट र एकोर जस्ता विश्वप्रसिद्ध ब्रान्डहरू समावेश छन्  ।

‘मैले यो सम्मानलाई सीजी हस्पिटालिटीको विश्वब्यापी विस्तार र वल्र्डक्लास सर्भिसको रुपमा लिएको छु,’ चौधरीले भने, ‘यसले हाम्रा पाहुनाहरूलाई प्रदान गर्ने उत्कृष्ट सेवा र गुणस्तरको प्रतिबिम्ब गर्छ। लगातार पाँचौं वर्ष होटेलियर इन्डिया पावर लिस्टमा समावेश हुन पाउँदा म अत्यन्तै गौरवान्वित छु’ ।

सीजी हस्पिटालिटी होल्डिङ्सले हाल १२ देशका ११६ गन्तव्यहरूमा १८५ भन्दा बढी होटल तथा रिसोर्टहरू सञ्चालन गरिरहेको छ, जसमा ११,००० भन्दा बढी किज (रुम) रहेका छन्। कम्पनीको लक्ष्य सन् २०२५ सम्ममा २०० भन्दा बढी होटलहरू र १२,००० किजहरू सञ्चालन गर्ने रहेको छ।

सीजी हस्पिटालिटीका साझेदार ब्रान्डहरूमा ताज, भिभान्ता, जेटविङ, ¥याडिसन र फेयरमोन्ट जस्ता ब्रान्डहरू समावेश छन् । यसका साथै सीजी हस्पिटालिटीको स्वामित्वमा द जिंक, द फर्न, समिट र द फार्म जस्ता ब्रान्डहरू पनि रहेका छन् ।
सीजी हस्पिटालिटीको इतिहास दुई दशकभन्दा लामो छ । यसको सुरुवात टाटा समूहको आईएचसीएलसँग मालदिभ्समा ताज एक्जोटिका रिसोर्ट एन्ड स्पा र ताज कोरल रिफ, कोलम्बोमा ताज समुद्र र भारतमा ताज सफारीका ४ होटलहरूमा लगानी गरेर भएको थियो।

‘सीजी हस्पिटालिटीको रणनीतिक साझेदारीमा केन्द्रित दृष्टिकोण, हाम्रो सम्पूर्ण हस्पिटालिटीका कर्मचारीहरुको समर्पण र दृष्टिकोणप्रतिको प्रतिबद्धता नै हाम्रो सफलताको मूल आधार हो। यसले आतिथ्य उद्योगमा हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ चौधरीले भने । 

राहुल चौधरीको यो उपलब्धि र सीजी हस्पिटालिटीको विश्वव्यापी विस्तारले नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रभाव र पहिचानलाई प्रदर्शित गर्नुका साथै नेपाली व्यवसायिक नेतृत्वको विश्वव्यापी सम्भावनालाई उजागर गरेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया