Nepal Life

सन नेपाल लाइफको ७ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न, ५०० भन्दा धेरैको उपस्थिति

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 10:01
सन नेपाल लाइफको ७ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न, ५०० भन्दा धेरैको उपस्थिति
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ७ वर्ष पुरा गरि ८ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले ७ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको भृकुटिमण्डपबाट सुरु भएको प्रभातफेरि र्याली सुनधारा, एनसिसि, रत्नपार्क हुँदै भृकुटिमण्डपमै टुङ्गिएको थियो ।

NIMB

कार्यक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल सहित उच्च व्यवस्थापन तहका सम्पुर्ण कर्मचारीको उपस्थिति थियो । र्यालीमा ५ सय भन्दा धेरैको उपस्थिति रहेको थियो । र्यालीमा सहभागीहरुले बीमा सम्बन्धी जनचेतनामुलक प्लेकार्ड सहित उपस्थित भएका थिए ।

कम्पनीले ७ औं वार्षिकोत्सको अवसरमा विभिन्न प्रादेशिक कार्यालय तथा शाखा कार्यालय मार्फत सामाजिक सेवाको क्षेत्रमा काम गर्दैछ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २०६४ साल असोज २९ गते नै पब्लिक लिमिटेट कम्पनीको रुपमा स्थापना भएको थियो । तत्कालिन समयमा जीवन बीमा कम्पनीको लाइसेन्स नपाए पनि कम्पनीले एक दशकको प्रतिक्षा पछि २०७४ साल साउन १८ गते तत्कालिन बीमा समितिबाट जीवन बीमा व्यवसाय गर्ने दर्ताको प्रमाणपत्र प्राप्त गरेको थियो । सोही प्रमाणपत्रका आधारमा कम्पनीले आजैका दिन अर्थात असोज ६ गतेबाट जीवन बीमा व्यवसाय कारोबारको सञ्चालन गरेको थियो ।

कम्पनीले सुरुवाति दिनदेखि नै 'सन लाइफ छ जहाँ जीवन बीमा छ त्याहाँ' भन्ने नाराका सहित उत्कृष्ट जीवन बीमा सेवा प्रदायकको रुपमा स्थापित हुने लक्ष्यका साथ अगाडी बढेको थियो । कम्पनीमा अधिकांश शेयरधनी उद्योगपति, बैंकर्स, चार्टर्ड एकाउण्टेन्ट, लगायतका व्यक्तिहरु रहेका छन् । जीवन बीमामा अनुभवी र दक्ष जनशक्तिबाट व्यवस्थापन सम्हालिएको यस कम्पनीको उद्देश्य जीवन बीमाको प्राचार प्रसार, यसको आवश्यकता र महत्वको बारेमा आम समुदायलाई सचेत गराई जीवन बीमाको पहुँच विस्तार गरि जीवन बीमा सेवा प्रदान गर्नु रहेको छ । बीमा व्यवसाय प्रारम्भ गरेको छोटो अवधिमा कम्पनीले शेयरधनीलाई आकर्षक लाभांश दिनुका साथै आगामी दिनमा पनि आकर्षक लाभांश दिने कोष तयार पारेको छ ।

स्थापनाको ६ वर्षको अवधिमै कम्पनीले आफैले कमाएर २३.८० प्रतिशत बोनस शेयर दिएर नयाँ आएका कम्पनीहरु मध्ये सर्वाधिक लाभांश वितरण गर्न सफल भएको हो । अन्य कम्पनीहरुले प्रिमियममा शेयर जारी गरेर त्यसबाट आएको प्रिमियमबाटै लाभांश दिदै गर्दा कम्पनीले प्राथमिक बजारबाट संकलन गरेको प्रिमियमलाई सुरक्षित राखेको छ । प्रस्तुत लाभांशबाट प्राथमिक शेयरधनी पनि लाभांन्वित भएका छन् भने आगामी दिनमा पनि कम्पनीले आकर्षक लाभांश दिन सक्ने क्षमता बनाएको छ ।

प्राथमिक बजारका शेयरधनी सँग संकलन गरेको प्रिमियमलाई सुरक्षित गर्दै कोष बलियो बनाउने रणनीति तय गरेको कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसारको न्युनतम चुक्ता पूँजीका लागि भने २७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै छ ।

कम्पनीले यस अवधिमा जुन किसिमको व्यवसायबाट आफुलाई बलियो बनाउन सफल भयो अवका दिनमा नयाँ ढङ्गबाट अगाडी बढाउन खोजेको छ । वैदेशिक रोजगार बीमामा सर्वाधिक हिस्सा बनाउन सफल भएको सन नेपाल लाइफले यस सँगै सावधिक जीवन बीमा मार्फत पनि कम्पनीको कोषलाई अझ सवल र बलियो बनाउने रणनीति तय गरेको छ । यसका लागि कम्पनीले यस पटक संरचनामै ठुलो फेरबदल गर्दैछ ।

जसरी वैदेशिक रोजगार बीमाले कम्पनीको लाभांश दिन सक्ने क्षमता र स्ट्रेन्थ बढ्यो त्यसरी नै अव नयाँ नयाँ पोलिसी ल्याउने तथा समय सापेक्ष बजारले माग गरिरहेका पोलिसी ल्याउने तयारी गरिरहेको छ । कम्पनीले आजै नयाँ पोलिसी लन्च गर्दैछ ।   

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया