NIMB Header 2
Nepal Life

सुनले फेरि बनायो उच्च मूल्यको रेकर्ड, तोलाको कति पुग्यो?

National Life
  • BFIS News
  • 2024 Sep 22 11:54
सुनले फेरि बनायो उच्च मूल्यको रेकर्ड, तोलाको कति पुग्यो?
Sanima Reliance

काठमाडौं। नेपाली बजारमा आज सुनले पुन: उच्च मूल्यको रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत भदौ ३१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

Shikhar
NIMB

आज सुन प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढी हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

शुक्रबारको तुलनामा भने आइतबार सुनको भाउ प्रतितोला एक हजार रूपैयाँ सात सय रूपैयाँ बढेको हो।

आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय २० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको थियो।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया