NIMB Header 2
Nepal Life

नेपालको अर्थतन्त्र सुधार हुँदै : आइएमएफ उपनिर्देशक

National Life
  • BFIS News
  • 2024 Sep 22 12:00
नेपालको अर्थतन्त्र सुधार हुँदै : आइएमएफ उपनिर्देशक
Sanima Reliance

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ ।

Shikhar
NIMB

अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताए। उनले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरे ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराएका थिए । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया