Nepal Life

सन नेपाल लाइफले नेपालमै पहिलो पटक जारी गर्यो 'जीवन बीमा गर्दा स्वास्थ्य बीमा कभर हुने नयाँ पोलिसी'

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Mon 04:51
सन नेपाल लाइफले नेपालमै पहिलो पटक जारी गर्यो 'जीवन बीमा गर्दा स्वास्थ्य बीमा कभर हुने नयाँ पोलिसी'
Shikhar detail

काठमाडौं । सन नेपाल लाइफले नेपालमै पहिलो पटक जीवन बीमा गर्दा स्वास्थ्य बीमाको समेत कभर हुने गरि नयाँ बीमा पोलिसी जारी गरेको छ । कम्पनीले ७ औं वार्षिकोत्सवको अवसरमा आपतमा राहत हुने गरि 'सन मेडिकेयर' जारी गरेको हो ।

NIMB

अहिलेसम्म यस्तो पोलिसी कुनै पनि बीमा कम्पनीहरुले जारी गरेका छैनन् । कतिपय बीमितमा जीवन बीमा गर्दा स्वास्थ्य बीमा पनि हुने भन्ने खालको बुझाइ रहदै आएको छ । तर जीवन बीमा कम्पनीहरुले प्रत्यक्ष रुपमा स्वास्थ्य बीमाको पोलिसी बिक्री गर्न पाउदैनन् । यहि कारणले गर्दा सन नेपाल लाइफले जीवन बीमा गर्दा राइडर 'थप सुविधा'का रुपमा यस्तो पोलिसी जारी गरेको मार्केटिङ अफिसर दिभ्भेज झाले जानकारी दिए । उनले जीवन बीमा गरेका बीमितले अस्पतालको शैयामा बसेर आफुले बीमा गरेको र त्यसको दाबी पाउनु पर्ने भन्दै गरेका याचनलाई स्मरण गर्दै यस पोलिसीले त्यस्ता बीमितहरुले राहात पाउने अवस्था बनेको भन्दै खुसि व्यक्त गरेका छन् ।

नेपालमा हरेक वर्ष ५ लाख मानिसहरु स्वास्थ्य उपचारमा हुने खर्चका कारण गरिवीको रेखामुनी धकेलिने गरेको मार्केटिङ अफिसर झाले बताए । उनले भने 'एक वर्षमा ३० लाख मानिसहरुले स्वास्थ्य उपचारका क्रममा घरखेत बिक्री गर्नु परेको तथ्याङ्क छ ।' यस्तो भयावह अवस्थामा बीमाले ठुलो राहात पुर्याउने कम्पनीको विश्वास छ ।

यस बीमा पोलिसीले आकस्मिक रुपमा आइपर्ने स्वास्थ्य समस्याहरुमा तत्काल आर्थिक राहत प्रदान गर्ने कम्पनीले जनाएको छ । यसले दुर्घटना तथा अन्य गम्भिर रोगहरुलाई समेत समेट्नेछ । जसमा सडक, घर वा कार्यस्थलमा हुने दुर्घटना, एपेन्डिसाइटिस, प्यान्क्रियाटाइटिस, हृदयघात, मष्तिष्कघात, विद्युतीय तथा अन्य जलन, डुबान, खाद्य विषाक्तता वा विषाधिबाट हुने संक्रमण, आन्द्रामा रगत बग्ने, कीरा/शर्प टोकाइ, तापघात, मस्तिष्कमा चोट, गर्भाशय बाहिरको गर्भ, मानसिक स्वास्थ्य संकट र घाउमा संक्रमण हुँदा क्षतिपूर्ति पाइने कम्पनीले जनाएको छ ।

बीमितले जतिसुकै बीमाङ्कको सावधिक जीवन बीमा पोलिसी खरिद गरे पनि यो पोलिसी भने अधिकतम एक लाख रुपैयाँसम्मको बीमा गराउने सक्नेछन् । न्युनतम २५ हजारदेखि एक लाख रुपैयाँसम्मको बीमाङ्क कामय गर्न सकिने यसको बीमा शुल्क पनि एकदमै कम रहेको छ । एक लाखको स्वास्थ्य उपचार कभर हुने गरि बीमा गर्दा १३९३ रुपैयाँ बीमा शुल्क पर्नेछ ।

न्युनतम ५ वर्षदेखि ६९ वर्ष उमेर समुहका बीमितले यो पोलिसी लिन सक्नेछन् । हरेक वर्ष पोलिसी नविकरण भने गर्नु पर्छ । सुरुमा पोलिसी खरिद गर्दा होस या त नविकरण गर्दा सामुहिक म्यादी जीवन बीमा, भाग्योदय जीवन बीमा, सुनौलो बाल समृद्ध जीवन बीमा (एकल भुक्तानी) बाहेकका सबै योजनामा थप सुविधाका रुपमा खरिद गर्न सकिने कम्पनीले प्रष्ट पारेको छ । अहिले पनि माथिका पोलिसी बाहेक सन नेपाल लाइफले जारी गरेका जुनसुकै बीमा पोलिसी खरिद गरेका बीमितले यो पोलिसी खरिद गर्न सक्ने छन् । यो सुविधा भने नयाँ पोलिसी खरिद गर्दा र नविकरण गर्दा दुई बखतमा पाइनेछ ।   

यसका मख्य फाइदाहरु

कम्पनीले यो बीमा पोलिसी आफ्ना बीमितलाई तत्काल आर्थिक राहात उपलब्ध गराउने उद्देश्यका साथ यो पोलिसी ल्याएको हो । दाबी पाउनेल झण्झटिलो विधिलाई व्यवस्थापन गर्दै कम्पनीले दाबी पेश भएपछि तत्काल आर्थिक राहात प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । अर्को तर्फ आकस्मिक स्वास्थ्य समस्याहरुको विस्तृत दायरा विरुद्ध सुरक्षा पाउन सकिने कम्पनीले जनाएको छ ।

किफायती प्रिमियममा सजिलै दाबी भुक्तानी गर्न सरल कागजात र द्रुत स्वीकृतिको व्यवस्था मिलाएको छ । शल्याक्रिया सहित अस्पतालमा रहँदाको अवस्थामा पहिलो २ दिनको लागि प्रत्येक दिन बीमाङ्क रकमको २५ प्रतिशत तत्पश्चात थप ५ दिनसम्मको  गि प्रत्येक दिन बीमाङ्क रकमको १० प्रतिशत रकम दाबी स्वरुप पाइने व्यवस्था रहेको हुँदा यसमा कम्पनीले पनि अस्पतालको विल हेरेर नसबस्ने कम्पनीले जनाएको छ ।

शल्यक्रिया विना अस्पतालमा रहँदाको अवस्थामा भने १० दिनसम्मको लागि प्रत्येक दिन बीमाङ्क रकमको १० प्रतिशतका दरले दाबी पाइनेछ । देशका जुनसुकै असेपतालमा उपचार गरे पनि दाबी पाइनेछ । बिल बमोजिम खर्च भन्दा पनि अस्पताल भर्ना भएको आधारमा दाबी भुक्तानी गरिने भएकाले दाबी भुक्तानी धेरै सरल बनाइएको छ । बीमितले दाबी भुक्तानी पाउन अस्पतालमा कम्तिमा पनि २४ घण्टा भर्ना भएकै हुनु पर्छ । नियमित स्वास्थ्य चाँज तथा ओपिडि मार्फत लिइएको स्वास्थ्य जाँचलाई भने दाबी नगरिने कम्पनीले प्रष्ट पारेको छ । कम्पनीले अस्पतालमा भर्ना भएर आकस्मिक रुपमा भुक्तानी गर्नु पर्ने रकमको जोखिमलाई मात्रै कभर गर्ने गरि यो पोलिसी जारी गरेको हो । अस्पतालबाट डिस्चार्ज भएको ३० दिन भित्रमा दाबी प्रकृयाँ भने अगाडी बढाइसक्नु पर्ने कम्पनीले जनाएको छ ।

दाबी प्रक्रिया

अस्पताल भर्दा भएर डिस्चार्ज भए पछि बीमितले दाबी भुक्तानीका लागि कम्पनीलाई निवेदन लेख्नु पर्नेछ । निवेदनमा बीमालेख नम्बर र उपचारको प्रकार खुलाउनु पर्नेछ । जसमा नागरिकताको प्रतिलिपि अनिवार्य पेश गर्नु पर्छ । यदि आकस्मिक रुपमा भर्ना भएको हो भने अस्पतालको आकस्मिक कक्षको टिकट पेश गर्नु पर्छ ।

यसका साथै भर्ना भएको र डिष्चार्ड भएको विवरण पेश गर्नु पर्छ । यदि अप्रेसन भएको हो भने अप्रेसनका लागि डाक्टरले गरेको प्रिस्क्रिप्सन पेश गर्नु पर्छ । यसका साथै विशिष्ट प्रमाणको आधारमा गरिएको मेडिकल रिपोर्टलाई पनि पेश गर्नु पर्छ । यो बाहेक अस्पतालमा तिरेको बिलहरु भने बुझाउनु पर्ने छैन ।

यसका अतिरिक्त बीमितले बैंकको नाम, शाखा, खाता नम्बर र बैंक खातामा रहेको नाम तथा उक्त विवरण खुल्ने बैंकको चेकको कपि पेश गर्नु पर्नेछ । यो कागजपत्र लिएर कम्पनीको जुनसुकै शाखा कार्यालयमा गएर प्रकृयाँ अगाडी बढाउन सकिने कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया