Nepal Life

शिवम होल्डिङ्ग्सद्वारा लाभांश घोषणा, साधारण सभा कहिले?

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Mon 09:47
शिवम होल्डिङ्ग्सद्वारा लाभांश घोषणा, साधारण सभा कहिले?
Shikhar detail

काठमाडौं । शिवम होल्डिङ्ग्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

NIMB

लाभांश पारित गर्न कम्पनीले असोज ३० गते अनामनगर काठमाडौंमा बिहान ११ बजे तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ।

कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया